काठमाडाैँ, ९ भाद्र । नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर गलत ढंगले झुठा प्रचार गरी भ्रम सिर्जना गर्ने कार्य नेकपा एमाले धनकुटाबाट भएकोमा यसको कडा प्रतिवाद गर्ने नेपाली कांग्रेस धनकुटाले एक विज्ञप्ती जारी गरेको छ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईद्वारा जारी विज्ञप्तीमा ‘नेपाली काग्रेस धनकुटा र हाम्रो पार्टीका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई समेत जोडेर झुटो आरोप लगाउँदै नेकपा एमाले धनकुटाले विज्ञप्ति प्रकाशित गरेकोमा गम्भिर ध्यानार्कषण भएको जनाउँदै त्यस भ्रम पूर्ण कार्यको कडा प्रतिवाद गर्ने’ उल्लेख गरिएको छ।
नेपाली कांग्रेस धनकुटा र नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले सूर्य वहादुर थापा फाउण्डेशसन मार्फत निजी तवरबाट धनकुटाका सबै स्थानीय तह र वडाहरुमा वितरण गर्न लागिएकाे स्वास्थ्य समाग्रीहरु धनकुटाको प्यासिफिक होटलमा राखिएकोमा नेकपा एमाले धनकुटाले वास्तविक कुरा उल्लेख नै नगरी स्वास्थ्य तथा जनसख्या मन्त्रलयबाट ति स्वास्थ्य समाग्री ल्याएर सूर्य वहादुर फाउण्डेशन र धनकुटा कांग्रेसको नामबाट बाँड्न लागेको भनी आरोप लगाएकाे छ। विज्ञप्तीमा कपोल कल्पित ढंगले प्रचार गरी भ्रम सिर्जना गर्ने कार्यको तिव्र विरोध र निन्दा समेत गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।
कांग्रेस सहमहान्त्री थापाले आफ्नै पहलमा सहयोगी साथी र संस्थाहरुबाट स्वास्थ्य समाग्रीहरु र अन्य महत्वपूर्ण स्वास्थ्य समाग्रीहरु लिएर सूर्य वहादुर फाउण्डेशन मार्फत विभिन्न संघ संस्थाहरु र वडा कार्य समितिहरु मार्फत धनकुटाका सवै वडाहरुमा कोरोनाबाट बच्नका लागी समाग्रीहरु वितरण गर्न लागिएको समेत विज्ञप्तीमा मार्फत सवैलाई जानकारी गराइएको छ।
कांग्रेस सहमहामन्त्री थापाकै पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट केही दिनमानै विशेषज्ञ डाक्टहरु र कोरोना विरुद्धको खोप धनकुटा अस्पताल र धनकुटाका अन्य पालिकाहरुमा पुग्ने र धनकुटा जिल्लाका स्वास्थ्य संस्थाहरुको लागी महत्वपूर्ण स्वास्थ्य तथा समाग्रीहरु आईपुग्ने समेत नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन्।
गलत ढंगले तथ्यहिन झुठा आरोप लगाउँदै जनतामा नेपाली कांग्रेस र पार्टीका सहमहामन्त्री थापाको वारेमा गलत प्रचार गरी भ्रम सिर्जना गर्न खोजिएकोको घट्नाको विरोध र निन्दा गर्दै अव आईन्दा यस प्रकारको कार्य नर्गन आग्रह गर्दै पुन यस प्रकारको घट्ना दोहर्याए कडा ढंगले प्रतिवाद गर्ने समेत नेपाली कांग्रेस धनकुटाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।