बिनु खड्का
इलामको माइजोगमाई गाउंपालिका एक लप्सिबोटेमा अवस्थित श्री शारदा आधारभुत विद्यालयमा कार्यरत शिक्षक परिवारले ३० हजार बराबरको कक्षा कोठा, विद्यालय बोर्ड,राष्ट्रिय चिन्हहरु,भित्ते लेखन कार्य गरेका छन । सरकरी विद्यालयहरुको गुणस्तर बृद्धि गर्दै विद्यार्थीहरुमा अध्ययनको रुचि बढाउने उद्धेश्यले शिक्षकहरु मिलेर आफ्नो लगानिमा कक्षा नर्सरीमा क्यापिटल,स्मल ए बि सि डि कक्षा युकेजीमा सात बार नेपाली अङग्रेजी माध्यममा, १२ महिना कक्षा एलकेजीमा नेपाली मात्रा बाह्रखरी साथै कार्यलय भित्र बिभिन्न शैक्षिक कोटेसनहरु कक्षा कोठा वरीपरि राष्ट्रिय चिन्हहरु बनाउने कार्य सम्पन्न भएको प्रधानाध्यापक मदन कुमार घले ले बताए ।
बि सं. २०२० सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ९३ जना विद्यार्थीहरु अध्ययनरत छन भने ९ जना शिक्षहरु रहेका छन । ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागी अन्य विद्यालयहरुले पनि यस्ता कार्य गर्नेहो भने पक्कै सरकारी विद्यालयमा पनि विद्यार्थीको अभाव हुने छैन