बेनी : म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा ट्याक्टर दुर्घटना हंदा चालकको मृत्यु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जाँदै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टरका चालक रघुगंगा गाउँपालिका–३ मालिकाका २३ वर्षीय सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले बताए।