दाङ : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । । बिहीबार विहान राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट ३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा बसमा करेन्ट प्रवाह भई करेन्ट लाग्दा घाइते हुने एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाँउ ३७ बर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीले बताए ।







