ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २४ गते, ९:५९ बजे
साल्पासिलिछोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा
22
SHARES
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरको दुर्गम मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरुआत भएको छ । वर्षौदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुआत गरेको हो ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा दिलाउनका लागि आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कामय गरी वडा नं २ कुलुङमा मेडिकल अधिकृत डा. महमत बचरुदिन अन्सारीलाई खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए ।

“साल्पासिलिछो गाउँपालिकामा पहिलोपटक मेडिकल अधिकृतको स्वास्थ्य सहित आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ”, उनले भने, “खास गरेर यहाँका नागरिकले भोग्दै आएको स्वास्थ्योपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ । यहाँका नागरिकलाई मेडिकल अधिकृतबाट सेवा लिने अवसर मिलेको छ ।”

यो गाउँपालिकाकामा हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने भएकाले यहाँको जनजीवन निकै कष्टकर हुने गरेको छ । सहज यातयात नहुँदा यहाँका दुर्गम क्षेत्रका नागरिकलाई दुईदेखि तीन दिनसम्म स्टेचर तथा डोकोमा बोकेर नजिक मानिने खाँदबारी अस्पताल लैजाने अवस्था रहेको छ । विशेषज्ञ चिकित्सकसहितको आधुनिक प्रयोगशाला स्थापनाले सहजता भएको स्थानीयवासी कृष्णबहादुर तामाङले बताए ।

“विगतमा स्वास्थ्योपचारका लागि निकै समस्या भोग्नुपरेको अवस्था थियो”, उनले भने, “बोकेर उपचारका लागि लैजाँदा कतिपयको बाटोमै अकालमा ज्यान गुमाएको अवस्था पनि छ । चिकित्सकसहितको आधुनिक स्वास्थ्य सेवा पाउँदा धेरै खुसी लागेको छ । अब उपचार नपाएर मर्नुपर्ने अवस्था छैन । हामी धेरै खुसी छौँ ।”

स्थानीय नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा दिने लक्ष्यले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा सुरुआत गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । स्वास्थ्य सुविधायुक्त उक्त प्रयोगशालाले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा दिन सहज हुने उनको भनाइ छ । फार्मेसी सेवा सुरु हुने अध्यक्ष कुलुङको भनाइ छ । यहाँ एम्बुलेन्स सेवा विस्तार गर्दै शव परीक्षण र एक्स–रे सेवा पनि तत्कालै सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए ।

“यो हाम्रो स्थानीय तह भौगोलिकरूपमा निकै विकट छ”, उनले भने, “नागरिकको सबैभन्दा ठूलो समस्या भनेको नै स्वास्थ्योपचार हो । सामन्य स्वास्थ्योपचार लिन बाहिरका अस्पताल जानुपर्ने अवस्था छ । नागरिकले भोग्दै आएका समस्याको अन्त्य गर्न निकै मेहनतपछि विशेषज्ञसहितको प्रयोगशला सञ्चालन गर्न सफल भएको छौँ । यो गाउँपालिकावासीको लागि निकै खुसीको कुरा हो ।”

आगामी दिनमा प्रयोगशालालाई थप व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष कुलुङको भनाइ छ । गाउँपालिकामा ११ वटा अक्सिजन सिलिन्डर र करिब छवटा अक्सिजन कन्सन्ट्रेटर रहेको उनको भनाइ छ । आवश्यक पर्ने अन्य सुविधा थप्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए । “यहाँ अझै सेवा सुविधा थप्ने हाम्रो उद्देश्य छ”, उनले भने, “नागरिकलाई स्वास्थ्योउपचारका लागि बाहिर जानु नपरोस् भन्ने लक्ष्य लिएका छौँ ।”

यो आर्थिक वर्षमा गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका दुर्गम तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा नं ६ याङमा र थुम्लुङ भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको छ ।

त्यस्तै, वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताए । एकाइ स्थापना गरेर तीनवटै स्थानबाट सेवा प्रवाह भइरहेको उहाँको भनाइ छ ।

सामन्य स्वास्थ्य सेवा लिन भोजपुर सङ्खुवासभाको खाँदबारी तथा तराईका जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य भएको वडाध्यक्ष गणेश खत्रीले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist