ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

संविधानले दिएका साझा अधिकारलाई परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २४ गते, १४:५६ बजे
संविधानले दिएका साझा अधिकारलाई परिभाषित गर्न मुख्य न्यायाधिवक्ताहरुको माग
42
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । मुख्य न्यायाधिवक्ताको चौथो राष्ट्रिय सम्मलेनले नेपालको संविधानको अनुसूची ७ र ९ मा रहेका साझा अधिकारका विषय तत्काल परिभाषित गर्न माग गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित दुईदिने सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरी संविधानमा रहेका साझा अधिकारसँग सम्बन्धित विषय परिभाषित गरी तीनै तहको अधिकारका सीमा स्पष्ट गर्न माग गरेको हो ।

सम्मेलनले मुख्य न्यायाधिवक्ताका अधिकार सुनिश्चित गर्न संविधान संशोधन र आवश्यक कानुन निर्माणका लागिसमेत जोडदार माग गरेको छ ।

“प्रदेश कानुनमा समावेश भएका र समावेश हुने सजायसम्बन्धी अनुसन्धान र अभियोजनलगायतका काम मुख्य न्यायाधिवक्ताको कार्यालयले गर्ने गरी संविधान संशोधन र आवश्यक कानुन निर्माणका लागि जोड्दार माग गर्दछौँ”, घोषणापत्रमा भनिएको छ ।

त्यसैगरी, प्रदेश ‘प्रोवेशन’ तथा ‘प्यारोल बोर्ड’लगायतका कानुनी प्रावधानको कार्यान्वयनका लागि नियमावलीलगायत आवश्यक कानुन तत्काल निर्माण गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको छ ।

सम्मेलनमार्फत मुख्य न्यायाधिवक्ताले नेपालको संविधान, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी ऐन र मुलुकी फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वय ऐनमा भएका कानुनी व्यवस्थाबमोजिमका अधिकार सङ्घीयताको मर्म र भावनाअनुरुप नै प्रदेशमा एकरुपता कायम गर्ने गरी कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।

“सम्मेलन सङ्घीयताको मर्म र भावनाअनुरुप नै प्रदेशमा एकरुपता कायम गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ”, अगाडि भनिएको छ, “अदालतबाट भएका फैसला कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयलगायत सम्बद्ध कार्यालयसँग समन्वय गरी कानुनी शासनलाई थप सुदृढ बनाउन यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ ।”

सम्मेलनले प्रदेशमा कानुन निर्माण गरी शान्ति सुरक्षालाई थप सुदृढ गर्न र प्रदेशको भूमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी सम्मेलनले मुख्य न्यायाधिवक्ताको कार्यालयमा रहने न्यायाधिवक्तालगायतका कर्मचारीको व्यवस्थापन महान्यायाधिवक्ताको कार्यालयले गर्ने व्यवस्था भएकामा प्रदेश लोकसेवा आयोगमार्फत प्रदेशमै सो अधिकार प्रयोग गर्ने गरी संविधान संशोधनका लागि सरोकारवाला पक्षसँग माग गरेको छ ।

यसका अतिरिक्त सातै प्रदेशमा रहेका बालसुधारगृह बालमैत्री नभएको, क्षमताभन्दा बढी बालबालिका राखिएको, आवश्यकता अनुसारको शिक्षा आर्जन गर्ने उपयुक्त वातावरण नभएकाले बालसुधार गृहमा बालबालिकाको मानवअधिकारको संरक्षण गर्न सम्बन्धित निकायलाई आह्वान गरिएको छ ।

यसअघि यही असार १५ र १६ गते पोखरामा सम्पन्न मुख्यमन्त्रीको राष्ट्रिय भेलाबाट पारित घोषणापत्र र अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट भएका निर्णयप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै ती निर्णय तत्काल कार्यान्वयन गर्न पनि सम्मेलनले आग्रह गरेको मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले जानकारी दिए ।

सम्मेलनमा कोशीबाहेक छ प्रदेशका मुख्य न्यायाधिवक्ता क्रमशः मधेस प्रदेशबाट वीरेन्द्रकुमार ठाकुर, सुदूरपश्चिमबाट कुलानन्द उपाध्याय, कर्णालीबाट नरबहादुर खड्का, लुम्बिनीबाट प्रा डा बुद्धबहादुर थापा क्षेत्री, गण्डकीबाट चिरञ्जीवी शर्मा पौडेल र बागमतीबाट ज्ञानेन्द्र नेपाल सहभागी थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist