ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आधुनिक फ्ल्याटको वास्तु विचार : डा. सुवेदी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार २५ गते, २२:१४ बजे
आधुनिक फ्ल्याटको वास्तु विचार : डा. सुवेदी
66
SHARES
Share on FacebookShare on Twitter
स्थानाभावका कारण धेरै तलाका भवन बनिरहेका देखिन्छन् । तलाको संख्या बढ्ने त्रममा छ र मानिस स–साना फ्ल्याट्मा बस्न रुचाएका छन् । एउटै तलामा विभिन्न फ्ल्याट्हरु हुन्छन्, यस्तो स्थितिमा वास्तुशास्त्रीय नियमको पालना कसरी गर्ने भन्ने कुरा आउँछ । व्यवहारिक दृष्टिकोण अपनाएर वास्तुको मूलअवधारणा विचार गरी कार्य गर्नु उचित हुन्छ । दलदले भासिने एवं पाँगो माटोमा धेरै तलाको घर बनाउनु राम्रो हुँदैन । पहाड वा उच्च स्थानमा पनि धेरै तलाको घर बनाउनु हुँदैन । भूगोल एवं धरातलिय स्वरुप अनुसार हावाको दिशामा ध्यान राख्नु पर्ने हुन्छ । हावा कताबाट कता बगिरहेको छ स्थानीय मौसम, जाडो, गर्मि, वर्षा आदिको ध्यान राखेर यस्ता बहुतले फ्ल्याट् निर्माण गर्नु पर्दछ । वास्तुको दृष्टिकोणले प्रत्येक फ्ल्याट्लाई एक स्वतन्त्र आवासीय एकाई मानेर घर निर्माण गर्नुपर्दछ । जुन सिद्धान्त अपनाएर एउटा घर निर्माण गरिन्छ, त्यही सिद्धान्त प्रत्येक फ्ल्याट्मा लागु हुन्छ ।
यस प्रकार एउटा भवन देखि अर्को भवनबीच पर्याप्त दूरी हुनु पर्छ । एउटा घरको छायाँ अर्को घरमा भरसक पर्नु हुँदैन । भवनको आकार प्रकार सकेसम्म आयताकार वा वर्गाकार हुनुपर्दछ । प्रत्येक फ्ल्याटको आग्नेय कोणमा भान्साकोठा हुनुपर्दछ । विकल्पमा वहुतलीय घरमा वायव्य कोणमा पनि भान्साकोठा बनाउन सकिन्छ । तर ध्यान दिनै पर्ने कुरा के छ भने भान्सा कोठाको माथि भान्साकोठा नै हुनुपर्दछ । प्रत्येक फ्ल्याटको नैऋत्य, पश्चिम वा दक्षिणमा वेडरुम हुनुपर्दछ । वेडरुमको माथि वेडरुम र स्नान कक्षको माथि स्नान कक्ष नै हुनुपर्दछ । साथै भोजन कक्षका माथि भोजन कक्ष नै हुनुपर्दछ । वहुतलीय भवनको ईशान कोणलाई हल्का खुला राख्नुपर्दछ । यस्का लागि प्रत्येक फ्ल्याट्को इशानकोणमा वार्दली बनाउनुपर्ने हुन्छ । ईशान कोणमा सुत्नेकोठा, नुहाउनेकोठा र  भोजन गर्ने कोठा बनाउनु हुँदैन । झ्याल राख्दा हावा राम्रो सँग प्रवेश गर्नसक्ने हुनुपर्दछ । वाल्कोनी, डाइनीङ्आदि स्थानमा पारिजात वा तुलसी गमलामा रोप्न सकिन्छ । प्रत्येक फ्ल्याटका लागि पानीको व्यवस्था पूर्वउत्तर ईशान कोणमा हुनुपर्छ । प्रत्येक फ्ल्याटमा सूर्यको प्रकाश पर्ने गरि धेरै तले भवन तयार पार्नुपर्छ । भवनमा भएका प्रत्येक पदार्थबाट जैविक उर्जा उत्पन्न हुने हुन्छ । स्टोन, लाइम स्टोन, सेण्ड स्टोन, मार्वल आदिबाट उत्पन्न जैविक उर्जाले शरिरमा सकारत्मक प्रभाव पार्दछन् भने ग्रेनाइट, क्वार्टस जस्ता आदि ठोस पत्थरहरुले भने हाम्रो शरीरमा नकारात्मक असर पार्दछन् । यस्को प्रभावले गर्दा रक्त प्रवाहमा वाधा, शिररोग, नशारोग लगायत शारिरीक घातक व्याधी उत्पन्न गर्दछन् । घरमा प्रयोग गरिने स्पात, शिशा, सिन्थेटिक जस्ता सामग्रीले मनुष्यको शरीरमा नराम्रो असर पार्दछन् । कालो कंक्रिट र सिन्थेटिकलाई मृतसामग्री मानिन्छ ।
भवनको मुख्य द्वार, प्रवेश द्वारदेखि धेरै टाढा हुनुहुँदैन । घरका अन्य कोठामा प्रवेश गर्न असुविधा नहोस् भन्ने हिसावले मुख्य द्वार आगन्तुक हल वा ग्यालरीमा राख्नु राम्रो हुन्छ । मुख्य ढोकाको ठीक अगाडि दोस्रो ढोका राख्नु हुँदैन । मुख्य ढोकाबाट देखिने गरि भोजन कक्ष, शयन कक्ष, स्नान कक्ष र पूजा कक्ष बनाउनु हुँदैन । मुख्य ढोकाको ठिक अगाडि कुनै पनि प्रकारका अग्ला रुख, विजुलीको खम्बा, विद्युतीय ट्रान्समिटर, ल्याम्प पोष्टआदि हुनुहुदैन । मुख्य ढोकाबाट प्रवेश द्धार जाने कुनै पनि मुर्ति देखिनु राम्रो हुँदैन । वास्तु शास्त्र अनुसार घरको मुल ढोका बाटनै उच्च सकारात्मक उर्जा प्रवेश हुने हुनाले सफा सुग्घर एवं अन्य ढोकाभन्दा ठूलो हुनु आवश्यक छ । घरको मूल ढोकाबाट प्रशन्नताका साथ शान्त र हसिलो मुद्रामा बाहिर काममा निस्कनु पर्दछ । साथै बाहिरका आफ्ना काम सकेर मुख्य द्वार हुँदै पस्दा पनि प्रशन्न चित्तका साथ हँसिलो मुद्रामा नै भित्र प्रवेश गर्नु पर्दछ । यसो गर्दा बाहिर भएका थकावट घरभित्र पुग्दा समाप्त हुन्छ । मुलढोकाको अगाडि अन्य कुनै घरको मूल ढोका पर्नु हुँदैन ।
मुल ढोकामा गणेश, सरस्वती र लक्ष्मीको मुर्ति कुँद्नु पर्छ । मुल ढोका बन्द गर्दा र खोल्दा आवाज आउनु हुँदैन साथै ढोका भित्र खोल्ने किसिमले बनाउनु पर्दछ । मूल ढोका कुन कोण र कुन दिशामा बनाउने भन्ने सम्बन्धमा वास्तुशास्त्रमा भिन्न दृष्टिकोण रहेको पाइन्छ । व्यवहारिक वास्तुशास्त्रका दृष्टिले घर पूर्वमुखी छ भने पूर्वी भागको मध्य इशान कोणसम्म मुल ढोकाको लागि स्थान प्रयोग गर्नु उत्तम हुन्छ ।
वास्तु विद्याको उपयोग बाहिरी निर्माणमा मात्र नभई आन्तरिक साजसज्जामा समेत आवश्यक पर्दछ । घरको भित्री वास्तुलाई अचेल सर्वाधिक महत्व दिन थालिएको छ । घर र व्यवसायिक भवनलाई विना तोडफोड भाग्यबर्धक एवं वास्तु अनूकुल बनाउन भित्ताका रङ्ग रोगन र घरको विभिन्न कक्षको साज सज्जाको वास्तु पक्षमा समेत विशेष ध्यान दिन आवश्यक छ ।
वैठक कोठाः
क) वैठक कोठा घरको पूर्व दिशामा हुनुपर्दछ ।
ख) दक्षिण पूर्व कुना र उत्तर दिशामा पनि वैठक कोठा बनाउन सकिन्छ ।
ग) वैठक कक्षमा दक्षिण पुर्वि कोणमा ढोका राख्नु राम्रो हुँदैन, दक्षिण पश्चिममा पनि हुनु ठिक हुँदैन ।
घ) पूर्व र पश्चिममा प्रवेश ढोका राखिए अत्यन्तै उपयोगी हुँन्छ यसबाट सधैं सकारात्मक उर्जा प्राप्त हुन्छ ।
ङ) सोकेस, सोफा लगायतका गह्रौ वस्तु हरुलाई पश्चिम तर्फ राख्नु पर्दछ र दक्षिणमा पनि राख्न सकिन्छ ।
च) कोठामा मुल व्यक्ति पूर्व या उत्तरतर्फ फर्केर बसेमा सकारात्मक उर्जा प्राप्त भई उन्नती प्रगति गर्न सक्ने हुन्छ । टेलिभिजनलाई कहिल्यै पनि उत्तरपूर्वी कुना र दक्षिण पश्चिम कुनामा राख्नु हूँदैन । यस्ता टिभी लगायतका वस्तुहरुलाई दक्षिण पूर्वी कुना (आग्नये कोण) मा राख्नु पर्दछ ।
छ) टेलिफोन दक्षिण पश्चिम कुनामा राख्नु हुँदैन र उत्तर पश्चिम कुनामा पनि राख्नु हुँदैन, यसलाई त दक्षिण पूर्व वा उत्तर मा राख्न सकिन्छ ।
ज) देवी देवताको तस्विर पूर्व उत्तर कुनामा राखे शक्ति प्राप्त हुन्छ । जनावरका तस्विरहरु राख्दा उत्तर पश्चिम कुनामा राख्नुपर्दछ ।
झ) वैठक कोठामा सेतो रङ्ग लगाउदा सकारात्मक उर्जा प्राप्त भई पारिवारीक कल्याण हुन्छ । यस्ता वढी प्रयोग हुने कक्षमा पहेंलो, निलो र हरियो रङ्ग पनि लगाउन सकिन्छ । सम्भव भए सम्म रातो र कालो वैठकमा नलगाउनु नै उपयुक्त हुन्छ ।
ञ) साजसज्जाका सामानहरु या पोष्टरहरु वैठकमा सजाउदा, चराहरु झगडा गरेको, दुई जनावरहरु एक आपसमा जुध्न लागेको, दाउराको भारि बोकेको महिला सुक्क–सुक्क गरि रुँदै हिँडिरहेको, बच्चाहरु रुदै कराउदै गरेका फोटाहरु साथै लडाईका चित्रहरु र महिलाका नग्न तस्विरहरु बैठक कोठामा सजाएर राख्नु हुँदैन ।
ट) गोलो, अण्डाकार र तिनकुने सोफा घरमा राख्नु राम्रो हुँदैन । आयताकार र वर्गाकार खालका सोफाहरु राखेमा कल्याण हुन्छ ।
ठ) घरमा प्रयोग हुने वत्तिहरु सिलिङ्गको धेरै तल या माथि नराखी बीच भागमा राख्नु पर्दछ । एसि जडान गर्दा उत्तरपश्चिम वा पूर्वी भागमा राख्नु पर्दछ तर दक्षिण पूर्वी कुनामा कहिल्यै राख्नु हँदैन । भवनको वैठक कोठा अन्य कोठाभन्दा दोब्बर ठूलो हुनु आवश्यक छ ।
भान्सा कोठा:
क) पूजा कोठा, शौचालय, र सुत्ने कोठाको तल वा माथि भान्सा कोठा हुनु हुँदैन ।
ख) भान्सा कोठा बनाउँदा दक्षिण पूर्वी कोणमा बनाउनु पर्दछ ।
ग) मुख्य या मूल भान्सा कोठा भवनको पूर्व दक्षिण कोणमा हुनुपर्दछ ।
घ) ग्यास, स्टोभ, ग्यास वर्नर दक्षिण पूर्वी कुनामा भित्ता देखि ६ इन्चको दूरिमा राख्नु पर्दछ ।
ङ) माइक्रो ओभन, मिक्स्चर, ग्राइन्डर आदि भान्सा कोठाको दक्षिण तर्फको भित्ता स्थित दराजमा राख्नु पर्दछ ।
च) भान्सा कोठामा वास वेसीन राख्दा उत्तर पूर्वी कुनामा राख्नु पर्दछ ।
छ) खानेपानीको धारा उत्तरपट्टीको भित्तामा राख्नुपर्दंछ
ज) खानेकुरा पकाउँदा उपयोग गरिने वस्तु दक्षिण या पश्चिम तर्फ राख्नु पर्दछ ।
झ) भान्सा कोठाको मूल प्रवेश द्वार कुनै पनि कुना ९अयचलभच० बाट पार्नु हुँदैन र सकेसम्म पूर्व, उत्तर वा पश्चिम तर्फको बीचमा पार्नु पर्दछ ।
ञ) भान्सा कोठाको ढोका अगाडी ग्यास सिलिन्डर, बर्नर आदि राख्नु हूँदैन ।
ट) भान्सा कोठाको पूर्व या पश्चिम दिशाको झ्याल ठूलो राख्नु पर्दछ ।
ठ) भान्सा कोठामा पंखा जडान गर्दा पूर्व या पश्चिम भित्तामा राख्नु पर्दछ ।
ड) डाईनिङ टेवल उत्तर पश्चिम कुना वा पश्चिम तर्फ राख्नु पर्दछ । सामान्य तौल भएको सामान राख्नुपर्दा पूर्व या उत्तर तर्फ राख्नु पर्दछ ।
ढ) खानेकुरा पकाउने व्यक्ति पूर्व तर्फ फर्केर पकाउनु पर्दछ ।
ण) भान्सा कोठामा कालो रङ्ग निषेध गरिएको छ । र सामान्य तया सुन्तला, पहेंलो, गुलावी, चकलेटी र रातो रङ्ग लगाउनु राम्रो हुन्छ ।  सकेसम्म घर मुलिको राशि अनुसारको रङ्ग लगाएमा सकारात्मक उर्जा प्राप्त भई सुख शान्ति मिल्दछ ।
त) फ्रिज राख्दा दक्षिण पूर्वी कुनामा राख्नु पर्दछ भने उत्तर पूर्वमा चाहिँ राख्नु हुँदैन ।
थ) उत्तर पूर्वी कुनामा भान्सा कोठा भए मानसिक अशान्ति हुने घरमा ठूलो हानि समेत हुनसक्ने हुन्छ ।
द) मूल रुपले भान्सा कोठा दक्षिण पश्चिम कुनामा भए प्रकोपको सामना गर्नु पर्ने विभिन्न घटना हुने र उत्तर पश्चिम कुनामा भए ज्यादै धन खर्च बढ्ने हुन सक्छ ।
शयन कक्षः
क) हामिले शयन गर्दा शीरलाई पूर्व तर्फ वा दक्षिण तर्फ फर्काउनु सकिन्छ । कतिपय अवस्थामा विद्यार्थी र पति पत्नि को शयन कक्ष दक्षिण भागमा र दक्षिणतर्फ सिरानी गरे पनि राम्रो मानिएको छ । बच्चाहरुको लागि भने पश्चिम दिशातर्फको वेडरुम राम्रो हुन्छ ।
ख) भवनका पूर्वी भागको बेडरुम अविवाहित पाहुनाहरुको लागि उत्तम हुन्छ । विवाहित दम्पति दक्षिण पूर्वी कुनामा शयन गरेमा पति पत्नि बीच अनावश्यक झगडा र खर्च बढ्छ । यस्तो कोठा कार्यालयको रुपमा प्रयोग गर्नु राम्रो हुन्छ । उत्तर पूर्व मा शयन कोठा भएमा नव विवाहीत दम्पतिलाई स्वाथ्य बाधा र विभिन्न दैवी घटनाको समेत सामना गर्नु पर्ने हुन सक्दछ ।
ग)  हामीले सुत्ने कोठामा चम्किलो गुलावी रङ्ग राख्नु पर्दछ । चकलेटी, निलो, हरियो, पहेंंलो, खैरो रङ्ग पनि उपयुक्त हुन्छ । राख्नै पर्ने भएमा दक्षिण पूर्वीकुनामा गह्रौ सामान राख्नु पर्दछ साथै कोठाको दक्षिण कोठामा मुल व्यक्तिको पलङ्ग राख्नु पर्दछ । आवश्यक भएमा पश्चिम दक्षिण कुनामा पनि घर मुलीको निमित्त शयन पलङ्ग राख्न सकिन्छ । हामीले ड्रेसिङ्ग टेवल राख्दा पूर्व पट्टीको उत्तर तर्फ राख्दा राम्रो हुन्छ साथै पढ्ने लेख्ने टेवल भने पश्चिम तर्फ फर्काउनु पर्दछ र यसलाई पूर्वमा पनि प्रयोग गर्न सकिन्छ । पढ्दा पूर्व या उत्तर तर्फ फर्केर पढ्नु राम्रो हुन्छ ।
(लेखक राजकुमार सुवेदी वास्तु शास्त्री हुन् ।)
victoria20602003@gmail.com

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist