एएफपीका अनुसार पुलपुलेसा भत्किएका छन्। सडक अवरुद्ध छ । टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाञ्चलको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो ।
‘दुई दिनमा, हिमाञ्चल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ’, राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भने ।
राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रमा थप नौ जनाले ज्यान गुमाएका छन् । हिमाञ्चलमा पर्यटकसहित करिब तीन सय जनालाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ । एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाञ्चलका बाढीपीडितलाई सघाउन एनडीआरएफका ११ टोली तैनाथ छन् ।
– एजेन्सीको सहयोगमा