दैलेख : दैलेखमा १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई जिल्ला अदालतले सोमबार ३३ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए ।गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो ।