इलाम। इलामको सूर्योदय नगरपालिका ४ बाघपाइलेमा पिकअकले किच्दा एक २० महिने बालकको मृत्यू भएको छ । इलाम सूर्योदय नगरपालिका ४ बाघपाइलेका धिरज रिजालको छोरा रियन रिजालको मृत्यु भएको हो ।
आफ्नै घर अगाडी बाटोमा ढुंगाले छेकेपछि गाडी स्टार्टमा राखेर ढुंगा पन्छाएर आउँदा गाडीको दाहिने भागको टायरमुनी बच्चा रहेको र गाडीले किच्दा टाउकोमा चोट लागेको जनाइएको छ ।
घाइते बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी फिक्कल ल्याउदा मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख उपरिक्षक दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार मे १ ज ३६२ नम्वरको पिकअपले बच्चालाई हिजो साँझ किचेको र बालको राती मृत्यू भएको प्रहरीले जनाएको छ।
पिकअकका चालक सोही ठाउँका २६ बर्षका रेजन मगर प्रहरी चौकी श्रीअन्तुका नियन्त्रणमा राखिएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।







