ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सरकारी निकायका सूचना प्रसारण विभागको वेभसाइट मार्फत सार्वजनिक गर्ने तयारी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० साउन १२ गते, ६:२१ बजे
सरकारी निकायका सूचना प्रसारण विभागको वेभसाइट मार्फत सार्वजनिक गर्ने तयारी
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नागरिकको सूचना पाउने हकलाइ व्यवस्थित गर्न सरकारले सबै मन्त्रालय तथा निकायका सूचनाहरुलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको वेभसाइट मार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।

सबै सरकारी सूचना एकै ठाउँबाट प्रवाह गर्दा नागरिकलाई सूचना प्राप्त गर्न सहज हुने भएकाले यस्तो व्यवस्था गर्न लागिएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । नेपालमा सुचनाको हक सम्बन्धी कानून कार्यान्वयनमा आएको १६ बर्षपछि सरकारी सूचनाहरु एकै ठाउँबाट प्रवाह गर्ने तयारी गरिएको हो ।

सबै मन्त्रालय तथा सरकारी निकायहरुले सूचनाको हक सम्बन्धी कानुन बमोजिम सार्वजनिक गर्नुपर्ने सूचनाहरु आफ्नै कार्यालयको वेबसाइट र सूचना तथा प्रसारण विभाग गरी दुबै ठाउँमा राख्ने व्यवस्था गर्न लागिएको हो ।

विहीबार प्रधानमन्त्रीको सचिवालयले आयोजना गरेको संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरुको अन्तर्क्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम जनताले हरेक मन्त्रालयका वेबसाइट हेरेर सूचना पाउने अवस्था झन्झटिलो हुने भएकाले सूचना प्रवाहमा एकरुपतामा ल्याउन एकद्वार प्रणाली लागु गर्ने तयारी गरिएको बताईन ।

मन्त्री शर्माले सुचनाको हकलाइ पूर्णरुपमा कार्यान्वयन हुनेगरी सबै सूचनाको अभिलेख राख्न र सूचनाको वर्गीकरण गरी सही सूचना समयमै प्रवाह गर्न पनि यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका कामको जानकारी जनताले तत्काल पाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारका प्रवक्ता र सूचना अधिकारीहरु सक्रिय रहनुपर्ने बताए ।

मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले हरेक मन्त्रालय र निकायले सूचनाको अभिलेखन गरी आन्तरिक रुपमा समेत सुचना आदान प्रदान गर्नु आवस्यक भएको बताए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गर्दै सूचनाको हक सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनले राज्यलाई बलियो बनाउने उल्लेख गरे ।

यसैबीच हरेक दुई महिनामा मन्त्रालयका प्रवक्ताहरुको अन्तर्क्रिया आयोजना गर्ने, सबै प्रवक्ता र सूचना अधिकारीहरुको डिजिटल नेटवर्क बनाउने र सरकारका प्रवक्ताको पत्रकार सम्मेलनमा सम्बन्धित मन्त्रालयका प्रवक्ताहरु सहभागी गर्ने निर्णय समेत गरिएको छ ।

मन्त्रालय तथा सरकारी निकायहरुले प्रवक्ता र सूचना अधिकारीहरु तोकेर उनीहरु मार्फत सूचना प्रवाह गर्दै आइरहेका छन । तर कतिपय विषयहरुमा प्रवक्ता र सूचना अधिकारीहरुलाई नै जानकारी नहुने, समयमै सूचना प्रवाह नगर्ने, सूचना पाउन निवेदन हाल्नुपर्ने तथा निवेदन हालेपछि पनि सजिलै सूचना पाउन नसकिने जस्ता समस्याहरु पनि रहेको सरोकारवालाहरुको भनाइ छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist