काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।
जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित रहने छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना सांसदहरु छन् ।आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् ।