काठमाडाैँ । नेपाली कांग्रेस धनकुटाको आन्तरीक विशेष अभियानले भातृ संघको अध्यक्ष चयन गरी जिम्मेवारी प्रदान गरेको छ ।
अभियानले नेपाल दलित संघ धनकुटाको आज सम्पन्न भेला मार्फत दलित संघका अध्यक्ष शिव विक नेपाली कांग्रेसको प्रदेश कार्य समितिको सदस्यमा मनोनित भएकोले जिल्ला उपाध्यक्ष नारायण विकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको छ ।
नेपाल भूतपूर्व सैनिकहरुको भेलाले विर वहादुर थापालाई नेपाल भूतपूर्व सैनिक संघ धनकुटाको तर्दथ समितिको अध्यक्षमा चयन गरी भव्य रुपमा जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिएको नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका निर्वतमान अध्यक्ष धन वहादुर खड्काले वताएका छन् ।
भूतपूर्व प्रहरीहरुको भेलाले पूर्व प्रहरी संघको अध्यक्षमा मेघराज शाही, उपाध्यक्षमा पूर्ण वहादुर राउत, सचिवमा सुरेश कार्की, कोषाध्यक्षमा सन्तोष गिरी र सदस्यहरुमा राम कुमार राई, राम वहादुर रसाईली र दल वहादुर राईलाई चयन गरेको हाे । आज चयन भई जिम्मेवारी प्राप्त गरेका भातृ संघका अध्यक्ष तथा सदाधिकारीहरुलाईलाई नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, संविधान सभा सदस्य अञ्जना ताम्ली, जिल्ला सचिव विजय सन्तोषी राई, दलित संघका प्रदेशका वरिष्ठ उपाध्यक्ष रविन्द्र नेपाल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका परियार, मिन वहादुर कार्की, कार्यपालिका सदस्य रेजिना हिङमाङ्गले खादा माला तथा अविर लगाई बधाई दिँदै पार्टी संगठन अव अझ दर्हाे हुने वताएका छन् । जिम्मेवारी पाएका पदाधिकारीहरुले उक्त जिम्मेवारी सक्रियताका साथ पुरा गर्दै नेपाली कांग्रेस धनकुटालाई सुदृढ र बलियो बनाउँदै हरेक निर्वाचनमा नेपाली कांग्रेसलाई धनकुटामा जिताउने उद्घोष गरेका छन् ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले अब नयाँ ढंगबाट संघहरुलाई अगाडी बढाउँदै नेपाली कांग्रेसलाई रुपान्तरण गरी जनताको प्रिय पार्टी बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।