विराटनगर। कोशी प्रदेशको प्रदेशसभा बैठक भदौ १ गतेका लागि आव्हान गरिएको छ। असार १५ गतेदेखि स्थगित रहेको प्रदेशसभा भदौ १ गते शुक्रबार दिनको १ बजे लाई आव्हान गरिएको प्रदेशसभा सचिवालयले सूचनामार्फत जानकारी दिएको छ।
ुमिति २०८०ं(०३(१५ गतेका दिन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक मिति २०८० साल भाद्र ०१ गते शुक्रबार दिनको १ बजे कोशी प्रदेश सभा हल, विराटनगरमा बस्ने भएकोले कोशी प्रदेश सभा नियावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ।ु प्रदेशसभा सचिवालयबाट जारी सूचनामा उल्लेख छ।