एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ ।
२७.५ ओनेपालले पाकिस्तानको चौथो विकेट लिएको हो । नेपालका सन्दीप लामिछानेले सलमानलाई पभिलियन फर्काएका हुन् ।
यसअघि २३.४ ओभरमा पाकिस्तानका मोहम्मद रिजवाल रन आउट भएका थिए । रिजवानलाई नेपालका दीपेन्द्रसिंह ऐरीले पभिलियन फर्किएका थिए ।
त्यसअघि पाकिस्तानका ओपनर ब्याटर फखर जमान १४ र इमाम उलहक ५ रनमा आउट भएका थिए । करण केसीले ५.३ ओभरमा पाकिस्तानका लागि ओपनर फखर जमानलाई पभिलियन फर्काएका थिए ।
जमानपछि पाकिस्तानका ओपनर इमाम रन आउट भएका थिए । इमामलाई ६.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले रन आउट गरेका थिए ।







