इलाम । इलाम जिल्ला इलाम नगरपालिका वडा न. ९ बस्ने रबिन भन्ने रेशमराज राईको हत्या गरेको आरोपमा सोहि ठाउंका पदम बहादुर तामाङ पक्राउ परेका छन । सोहि ठाउंको गायोडांडां लामेदुहाली कुलोमा राई मृत अवस्थामा स्थानियले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सुचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरी घट्नास्थलमा पुग्दा सवको टाउकोमा गहिरो चोट लागी रगत बगिरहेको अवस्थामा भेटेपछि संकास्पद भएकोले सोधपुछ गर्दा मृतकको छोरा दिपक भन्ने मन्जय राईले सोहि गाउंका पदम बहादुर तामाङले हत्या गरेको र कार्वाहि गरी पाउं भनि जाहेरी दिए पछि प्रहरीले तामाङलाई पक्रउ गरेको छ ।
निजलाई जिल्ला लदालत इलाम बाट आज ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय इलामले बताएको छ ।