ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सीमल तरुलबाट सावुदाना बनाउन चुलाचुली गाउँपालिकाले उद्योग संचालन गर्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज ४ गते, १५:०६ बजे
सीमल तरुलबाट सावुदाना बनाउन चुलाचुली गाउँपालिकाले उद्योग संचालन गर्ने
32
SHARES
Share on FacebookShare on Twitter

आइतबारे(चुलाचुली)। चुलाचुली गाउँपालिका वडा एक कमलका भुवनसिंह इवाको परिवारले करिव १८ कठ्ठा जमिनमा सिमल तरुल खेती गरेको छ । इवा जस्ता धेरै किसानले चुलाचुलीमा परम्परागत रुपमा सिमल तरुल फलाउछन् । सिमलतरुल कच्चा रुपमा नै विक्रि गरेर किसानले आम्दानी लिइरहेका छन् । ‘ पाडाजुगि तिर लगेर सिमलतरुल बेच्ने गरेको छु । बार्षिक करिव दुइ देखि अढाइ लाख सम्म आम्दानी हुने गरेको छ ।‘ इवाले भने ।
चुलाचुलीका सवै वडामा सिमलतरुल व्यापक मात्रामाउ त्पादन हुदै आएको छ । परम्परागत रुपमा घरेलु मदिरा बनाउन, खाजाखान, र पीठो बनाएर उपभोग गर्ने गरिएको छ सिमलतरुल । गाउँमै उत्पादन प्रशस्त भए पनि नेपालमा भने सिमल तरुलबाट बनेका विभिन्न खाद्यपदार्थ आयात भइरहेको पाइन्छ । वार्षिक एक अर्व ६० करोड बढी सीमल तरुलबाट बनेका खाद्यपदार्थ नेपाल भित्रिएको पाइएको चुलाचुलीका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुड. औल्याउछन् । सीमल तरुलबाट सावुदाना, आइसक्रिम, चिप्स र सावुन जस्ता चिजबन्ने रहेछ । यसलाई मुल्य अभिवृद्धि गर्न हामीले पहल थालेका छौ । उनले भने ।
सिमलतरुलको ब्राण्डीङमा लागेका छौं । यसका लागि किसानहरुको संलग्नतामा गाउँपालिकाले कम्पनी खोलेर सावुदाना उत्पादनगर्ने लक्षलिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जोड दिए । सीमलतरुलको उत्पादन बृद्धिका लागि चुलाचुली गाउँपालिकाले किसानहरुलाई गतआवमा नै अनुदान उपलव्ध गराएको छ । ६ वटा विभिन्न कृषिफार्म सहित सिमलतरुल उत्पादनगर्ने किसानलाई २२ लाख १० हजार रुपैयाँ अनुदान उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ताजा तरकारी फलफूल शिर्षकमा बजेट आएकोले सवै खर्च गर्न नसकेको अध्यक्ष केरुङले बताए ।
कोशी प्रदेश सरकारबाट समेत सहयोग उपलव्ध भएकाले वडा तीन मा सिमलतरुल प्रशोधन उद्योग संचालन गर्न पहल गरिएको उनको भनाई छ । एक विगाहा जमिन निशुल्क उपलव्ध भएकोले यसलाई प्रयोग गरि सिमलतरुल ब्राण्डीङका लागि उपयोग गरिने बताइएको छ । भारत लगायतका देशमा रहेका विभिन्न प्रकारका मेशीनरीको अध्ययन भइरहेको र प्रक्रिया पुरा गरेर मात्र उद्योग स्थापना गरिने बताइएको छ ।
सिमलतरुल मा अनुदान दिएको विषयमा गैर किसानलाई अनुदान दिएको भनेर चर्चा भएको थियो । तर किसानले भने सिमलतरुल रोप्ने सिजन भएकाले अनुदान आउदा उम्रनै नपाइकन अनावश्यक हल्ला फिजाइएको बताए । वडा ५ की किसान दिलमाया राईले गाउँमा वास्तविकता नबुझि अनुदानको विषयमा केरकार गरेर किसानलाई हतोत्साहित बनाएको बताइन । गाउँपालिकाले सीमलतरुलमा लगानी गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको उनको भनाई छ ।
गाउँपालिकाले किसानहरुकै संलग्नतामा कम्पनी दर्ता गरी सिमलतरुल प्रशोधन उद्योग खोल्न पहल गरेको छ । सिमल तरुलबाट सावुदाना, पीठो र विभिन्न प्रकारका चिप्स उत्पादन गरी बजार सम्म पुर्याउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उद्योग व्यवस्थापनका लागि थप बजेट विनियोजन गर्ने जानकारी दिएको छ ।
अन्यबालीको तुलनामा कम मेहनतमा उत्पादन लिन सकिने सिमलतरुलको मुल्यअभिबृद्धि हुँदा गाउँपालिका क्षेत्रमा मात्र नभएर अन्य पालिकाको उत्पादनले समेत मुल्यपाउने देखिन्छ । परम्परागत रुपमा पाइने सीमलतरुलको तुलनामा पातको डाँठ रातो भएको चीनियाँ जातको सिमलतरुलमा किसानको आकर्षण भएको पाइएको छ । प्रतिबोट बढिमा ६ किलो सम्म फल्ने सीमलतरुल चुलाचुलीका बासीन्दाको मुख्यबाली नै सावितभएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist