ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० अशोज १३ गते, १८:२१ बजे
जनकपुर मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा विकसित हुँदैछः अर्थमन्त्री डा. महत
20
SHARES
Share on FacebookShare on Twitter

जनकपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रुपले पुर्नउदय हुँदै गएको बताएका छन् ।

शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा परिचित जनकपुर अब आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’

जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औंल्याउदै मन्त्री डा. महतले भने, ‘धार्मिक पर्यटनमार्फत् नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’

मधेश प्रदेशमा विकासको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले औंल्याए ।

उनले भने, ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पुर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ । पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ । हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ ।’

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे । ‘अहिलेको नेतृत्व केही गरौं भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । साथीहरुले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग व्यवसाय फस्टाउँछ भन्नुभयो, यसले मलाई उत्साहित बनाएको छ ।’

‘हाम्रो अर्थतन्त्रमा समस्या छन्, तर समस्या विस्तारै न्यून हुने बाटोमा अग्रसर छ । परिणाम आउन केही समय लाग्छ, तर सुरुवात भएको छ । अब सकरात्मक बहसको आवश्यकता छ’ मन्त्री डा. महतले भने, ‘अब यहाँ केही हुन्छ भन्ने आत्मविश्वास बढाउनुपर्छ ।’

अब यहाँ केही हुँदैन, व्यवसाय गर्न सकिँदैन भन्ने भाष्यलाई सामाजिक सञ्जाल र विभिन्न व्यक्तिमार्फत् समाजमा फालिएको मन्त्री डा. महतले बताए ।

उनले भने, ‘सरकारले खर्च अनुशासनमा ल्याएको छ, समयमा खर्च गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौं । अब देश सकरात्मक बाटोतिर जान्छ । यो भाष्यलाई चिर्नुपर्छ ।’

कार्यक्रममा मन्त्री डा. महतले भने, ‘धेरै ठूलो पूँजी सहकारीमार्फत् प्रवाह भइरहेको छ । तर सहकारीको अवधारणा स्थानीयले केही पूँजी जम्मा गर्ने हो । आफ्नो आवश्यकता पूर्ति गर्ने र लगानी गर्ने पूँजी संकलन गर्ने सहकारीको अवधारणा हो ।’

अर्बौको व्यवसाय गर्नेलाई राष्ट्र बैंकले पनि नियमन गर्दैन । विस्तारै समस्या थपिँदै गएको मन्त्री डा. महतले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist