इटहरी । जाजरकोटमा शुक्रबार रातिको भूकम्पले मृत्यु हुनेको संख्या ९२ पुगेको छ । जिल्ला प्रसाशन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने अवस्था रहेको छ ।
अधिकारी शर्माका नुसार १५० भन्दा बढी घाईते भएको र घाईते हुनेको संख्या अझै बढ्न सक्ने अवस्था रहेको छ ।
गएराती ११ बजेर ४७ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ र विवरण आउनेक्रम जारी रहेको छ ।
भूकम्पमा परेर जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरु आउने क्रम जारी रहेको जनाएको छ ।
त्यस्तै भूकम्पपछि घर भत्किदा घाइते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।