काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन् ।
शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन् ।
शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए ।
उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए । ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने ।
उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए ।
उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्याउने दुर्गा प्रसाईं हो । दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको। यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ ।’







