दाङ । दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका-१९ सग्रामका १८ वर्षका बिराज विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
तुलसीपुरको सातकुलेबाट सग्रामतर्फ जाँदै गरेको लु ३ त ९६६६ नम्बरको ट्याक्टर शनिबार दिउँसो २ बजेतिर अनियन्त्रित भई नालामा पल्टिएको थियो ।
सोही ट्याक्टरले च्यापिएर घाइते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
दुर्घटनमा ३१ वर्षीय सुरेन्द्र केसी सामान्य घाइते भएका छन् । प्रहरीले ट्याक्टर चालक २६ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







