इलाम। प्रथम देउमाई नगर वडा स्तरीय पुरुष नकाउट फुटबल खेलको उपाधि देउमाई नगरपालिका ४ ले जितेको छ ।देउमाई नगरपालिकाको छात्रावास खेल मैदानमा आज ९शनिवार० भएको फाइनल खेलमा वडा नम्बर २ लाई ४(१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ४ विजयी बनेको हो ।
विजेता वडा नम्बर ४ ले ५१ हजार एक सय ५१ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपबिजेता टीम वडा नम्बर २ ले ३१ हजार एक सय ३१रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी सुसन राई भए भने राइजिङ प्लेयर सेवन्त जोशी, वेस्ट डिफेन्डर दिपेश खतिवडा, उत्कृष्ट गोलकिपर सृजन श्रेष्ठ बने ।
विजेता टिमलाई प्रमुख अतिथि नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले पुरस्कार प्रदान गर्नुभयो ।नेपाल तरुण दल देउमाई नगर कार्य समितिको आयोजनामा मंसिर ४ गतेबाट सुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो ।पुरस्कार प्रदान गर्नुहुदै प्रमुख अतिथि खड्काले खेलकुद क्षेत्रको विकासमा आफूले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।







