ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाममा संचालीत बिङ्गो खेलमा टिकट बिक्रिमै भ्रष्टचार, दैनिक हिसाब गोलमाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० मंसिर २४ गते, १७:१८ बजे
इलाममा संचालीत बिङ्गो खेलमा टिकट बिक्रिमै भ्रष्टचार, दैनिक हिसाब गोलमाल
33
SHARES
Share on FacebookShare on Twitter

इलाम। असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो खेलको हिसाब किताब गोलमाल भएको पाइएको छ । आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो । खेल सकिएपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको आर्थिक विषय विवादमा बनेपछि आयोजकले दोस्रो पटक आइतबार पत्रकार सम्मेलन ग¥यो ।
दोस्रो पत्रकार सम्मेलनमा पनि आयोजक संस्थाले टिकटको यकिन तथ्याङ्क दिन नसके पछि टिकट बिक्रीमा नै भ्रष्टाचार भएको नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले स्विकारेका छन् । पत्रकार सम्मेलनमा खरिद गरेको टिकट, दैनिक बिक्री भएको टिकट र दैनिक बिक्री भएर सिरिजबाट बाँकी रहेको टिकट र पुरस्कार रकमको तथ्याङ्क आयोजकले दिन नसके पछि अध्यक्ष श्रेष्ठले टिकटमा भ्रष्टाचार भएको स्विकारेका हुन ।
आर्थिक पारदर्शिता गर्ने उद्देश्यले दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा हिसाब देखाउनै नसकेपछि भ्रष्टाचार भएको छर्लङ्ग भएको छ । ४१ दिन सञ्चालन भएको खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क आयोजकसँग नभएपछि आयोजक गोलमाल बनेको छ । प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडाले दैनिक तथ्याङ्क आयोजकसँग नहुनु कमजोरी रहेको स्वीकार गरे । सम्मेलनमा दैनिक बिक्री टिकट र बाँकी रहेको टिकटको तथ्याङ्क माग्दा आयोजकले दैनिक उब्रेको टिकट भन्दै झोलाबाट टिकट नै निकालेर गन्न थालेको थियो । नौ वटा संस्थाको संयुक्त आयोजनामा भएको खेलको नेतृत्व नगर खेलकुद विकास समितिले लिएको थियो । हिसाबको विवाद आएपश्चात् अन्य संस्थाले पनि गुनासो गरिरहेका छन् । तर मुख्य आयोजक संस्थाले यकिन हिसाब दिन नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको देखिन्छ ।
इलाममा हाउजी खेलाउन भारतको सुलिगुडी वा दार्जिलिङबाट टिकट ल्याइन्छ । तम्बोला र एंकर कम्पनीका टिकट हाउजीमा प्रयोग गरिन्छ । आयोजकले यो पटक एक सय २० सेरिज ९सेट० टिकट ल्याएको विवरण देखाइएको छ तर कति टिकट बेचियो भन्ने कहीँ कतै विवरण छैन । दैनिक टिकट कति बेचियो भन्दा आयोजक खाता पल्टाउन थाल्छ तर यति हो भन्ने तथ्याङ्क दिन सक्दैन ।
एक सेरिजमा छ सय टिकट हुन्छन्। एक सेरिजलाई सय–सय टिकटका छ सेट बनाइएको हुन्छ । र, एउटा टिकटमा ९० कोठा हुन्छन् । छ सय टिकटमध्ये कुनैसँग कुनै नम्बर नमिलेपछि एक सेरिजमात्र विक्री हुँदा सामान्यतया एक जनालाई मात्र हाउस फुल पर्छ । तर, खेलका कुल ४१ दिनमध्ये ४० दिन ९प्रत्येक दिन दुई वा दुईभन्दा बढी व्यक्तिले हाउस फुल पारेपछि प्रत्येक दिन कम्तीमा एक हजार दुई सय टिकट विक्री भएको देखिन्छ । फाइनलको दिनबाहेक प्रत्येक टिकट प्रतिगोटा सय रुपैयाँमा विक्री गरिएको छ । यसो गर्दा प्रत्येक दिन कम्तीमा एक लाख २० हजार रुपैयाँको टिकट विक्री भएको देखिन आउँछ ।
आयोजकहरूले सार्वजनिक गरेको विवरणमा चाहिँ पहिलो दिन सबैभन्दा कम आठ हजार तीन सय ३० रुपैयाँ बचत र १८ हजार पाँच सय रुपैयाँ पुरस्कारमा खर्च भएको उल्लेख छ । फाइनल बाहेकका ४० दिनमध्ये मङ्सिर ७ गते सबैभन्दा बढी ९९ हजार एक सय ९० रुपैयाँ बचत र एक लाख १६ हजार तीन सय रुपैयाँ पुरस्कारमा खर्च भएको देखाइएको छ ।
टिकट विक्रीबाट आएको कुल रकमको प्रायः ६० प्रतिशत पुरस्कारमा खर्च गरिन्छ र ४० प्रतिशत बचत राखिन्छ । कहिलेकाहीँ आयोजकले तत्काल निर्णय गरी यो अनुपात तलमाथि गर्न सक्छन् । तर, प्रत्येक दिन कति सङ्ख्याको टिकट विक्री भयो भन्ने विवरण नहुँदा आम्दानी यति नै हो भन्ने आधार कमजोर रहेको छ ।
बिङ्गो खेल सञ्चालनको दुई दिनअघि गत असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासमेत सहभागी थिए । बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैङ्कमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, न प्रत्येक दिन विक्री भएको टिकट सङ्ख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैङ्क जम्मा भयो । एकमुस्ट बचत मात्रै देखाएर हिसाबलाई गोलमाल गर्न खोजियो ।
फाइनलको दिने मोटरसाइकल बम्पर उपहारका रूपमा राखिएको थियो । यसका लागि छुट्टै तीन हजार पाँच सय रुपैयाँ गोटाका ९० टिकट विक्री भएको आयोजक बताउँछ तर यसको आम्दानी कतै देखिाईएन । यो विषयमा संस्थाका उपाध्यक्ष खतिवडाले दोस्रो पत्रकार सम्मेलनमा यो नखुलेको स्विकारे । यसबाट तीन लाख १५ हजार रुपैयाँ आम्दानी हुन्छ । आम्दानीमा मोटरसाइकलको अढाई लाख रुपैयाँ घटाउँदा ६५ हजार रुपैयाँ नाफा हुन्छ । यसको हिसाब आयोजकले देखाएको छैन ।
कुनै पनि बैठकमा मोटरसाइकल उपहार राख्ने निर्णय भएको थिएन । फाइनलकै दिन नगद उपहारको पुरस्कार समेत राखिएको थियो यसमा हजार रुपैयाँ गोटाका टिकट काटिएका थिए । हजार रुपैयाँ गोटाका दुई सय ७० टिकट विक्री भएको स्रोतले जनाउँदा त्यसबाट दुई लाख ७० हजार रुपैयाँ आम्दानी भएको देखिन्छ । नगद उपहारमा तीन जनालाई ३५ हजार रुपैयाँका दरले पुरस्कार दिँदा एक लाख पाँच हजार रुपैयाँ खर्च हुन्छ । यसमा पुरस्कारमा भएको खर्च घटाउँदा भएको एक लाख ६५ हजार रुपैयाँको आम्दानी पनि आयोजकले सार्वजनिक गरेको छैन ।
यो विषयमा आयोजकको जवाफ आउँदैन भने भावनात्मक उत्तरबाहेक तथ्याङ्कगत हिसाब भने आयोजकसँग छैन । आयोजकले दोस्रो पत्रकार सम्मेलनमा समेत हिसाब दिन नसके पछि फेरी हिसाबको यकिन तथ्याङ्क कहिदिनमा सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist