इलाम । सानीमा बैंकको १९ औं बार्षिक उत्सवको अवसरमा देश व्यापी रुपमा संचालन भएको रक्तदान कार्यक्रम सानीमा बैंक इलाम साखाले आज इलाम चोक बजारमा रहेको लाकुरी चौतारामा सम्पन्न गरेको छ । रक्तदान जिवन दान भन्ने उद्धेश्यले सानीमा बैंक स्थापना भएको १९ वर्षको अवसरमा २१ गते देखी पौष ९ गते सम्ममा सानीमा बैंकका सबै साखाहरुले रक्तदान कार्यक्रम सम्पन्न गर्नु पर्ने कार्यक्रम अन्र्तगत इलाम साखाले बिहिबार कार्यक्रम सम्पन्न गरेको साखा प्रमुख समिता बसेत ले जानकारी दिएकी छिन ।
रक्तदान कार्यक्रममा बिभिन्न बैंकका कर्मचारी नेपाल प्रहरी,नेपालीस सेना,ससस्त्र प्रहरी, संचारकर्मी बिभिन्न सरोकारवाला,लगायत ८१ जनाले रगत दान गरेको बस्नेतले बताईन । रक्तदान कार्यक्रममा प्रबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटिले गरेको थियो ।







