विराटनगर । बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।
महिला अनुयायीलाई जवरजस्ती करणी गरेको आरोप लागेका गिरीलाई सफाइ दिने गरी २७ भदौमा जिल्लाले गरेको फैसला विरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
२०७६ कात्तिक ४ गते चतरास्थित आश्रममा महिला अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप गिरीमाथि छ ।