काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ। नेपाल आयल निगमले भने अहिलेलाई नेपालमा खुद्रा मूल्यमा कुनै हेरफेर नगर्ने जनाएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको छ ।
तर, पेट्रोलको मूल्यमा प्रति लिटर ०.४१ रुपैयाँ बढेर आएको छ ।







