ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रेस युनियन कोसी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस १६ गते, ८:४१ बजे
प्रेस युनियन कोसी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति
28
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेपाल प्रेस युनियन कोशी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् । अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् ।

आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्डायको दुरुपयोग भएको जनाउँदै आपत्ति जनाएका हुन् ।

‘एकतर्फी र मनोमानी ढङ्गबाट गत मङ्सिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक कोठे भेलाले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका बुँदा सबै खारेज गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ,

‘पुस १४ गतेको भेलाले विधान विपरीत अवैधानिक ढङ्गबाट नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको लेटर प्याड दुरुपयोग गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस युनियनको विधानतः महासचिव र अध्यक्षबाहेक अरू जो कोहीले पनि लेटर प्याडमा हस्ताक्षर गर्ने अधिकार नभएको हुँदा ‘समावेशी सचिव’ विनय बाह्रकोटीले लेटर प्याड दुरुपयोग गरेकोमा घोर आपत्ति जनाउँदछौँ ।’

यस्तै, बैठकमा कोशी प्रदेशमा रहेर केन्द्रीय पदाधिकारी तथा सदस्य रहेकाहरूले पटक पटक हस्तक्षेपसमेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमिति आफैँमा स्वायत्त संस्था रहेको अवगत गराउँदै कोशी प्रदेशले गर्ने हरेक क्रियाकलापमा कोशी प्रदेश क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रभाव पार्न खोजिएको हामीले महसुस गरेका छौँ ।

यो विधानसम्मत नरहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो संयमता र सङ्गठनप्रतिको प्रतिबद्धतालाई कमजोरी ठानेर एकलौटी र मनोमानी ढङ्गले अगाडि बढ्न खोजे जुनसुकै परिणाम आउनसक्नेतर्फ सचेत गराउँदै उक्त परिणामको जिम्मेवारी स्वयम् अध्यक्षले लिनुपर्नेछ ।’

आफूहरू हालसम्म मौन रहेको तर अध्यक्षको मनोमानीले सिमाना नाघेपछि विज्ञप्ति निकाल्न बाध्य भएको महासचिव वाग्लेले बताए । उनले प्रेस युनियनलाई थप मजबुत र पत्रकारहरूको हक, हितका निम्ति प्रतिबद्ध रहने कुरामा कसैसँग सम्झौता नहुनेसमेत उल्लेख गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist