ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पूर्वाञ्चल विश्वविद्यालयमा पसेर हात्तीको वितण्डा, केरा खेतीमा पनि पुर्‍यायो क्षति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० पुस १७ गते, १२:५६ बजे
पूर्वाञ्चल विश्वविद्यालयमा पसेर हात्तीको वितण्डा, केरा खेतीमा पनि पुर्‍यायो क्षति
25
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा पसेर जङ्गली हात्तीले सोमबार राति वितण्डा मच्चाएको छ ।

प्रहरीका अनुसार विश्वविद्यालय परिसरभित्रै प्रवेश गरेर हात्तीले क्षति पुर्‍याएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले हात्तीले कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा क्षति गरेको जानकारी दिए ।

झ्याल र ढोकाको सिसा फुटाइदिनुका साथै किचनको चुल्हो भत्काइदिएको उनले बताए । पूर्वाञ्चल विश्वविद्यालयमा क्षति गरेर हात्ती जङ्गलतर्फ लागेको प्रहरीको भनाइ छ ।

त्यस्तै, हात्तीले सुन्दरहरैँचा–७ मा लेखनाथ प्रसाईँले २ बिघा क्षेत्रफलमा लगाएको केरा खाइदिएको छ । साथै, केरा खेतीमा क्षतिसमेत पु¥याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तीले केरा खेतीमा ५० हजार मूल्य बराबरको क्षति गरेको छ ।

यसैबिच, हात्तीले सुन्दरहरैँचा–७ स्थित एउटा घरमा समेत क्षति पुर्‍याएको छ । कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटी बेरा भएको १ तले घर भत्काइदिएको हो । प्रहरीका अनुसार हात्तीले घर भत्काउँदा ५० हजार बराबरको क्षति भएको छ ।

घरमा क्षति गरेर हात्ती जङ्गलतर्फ लागेको डिएसपी दाहालले बताए । हात्तीले वितण्डा मच्चाउन थालेपछि सर्वसाधारणलाई सचेत गराउन तथा हात्तीलाई बस्तीमा पस्न नदिने उपाय खोज्न प्रहरी चौकी गछियाबाट सई (प्रहरी नायव निरीक्षक) सूर्यबहादुर बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

सुन्दरहरैँचा–१० मा गोली हानेर सोमबार बिहान एउटा जङ्गली हात्तीको हत्या गरिएको थियो । त्यसपछि हात्तीको बिज्याइँ बढेको छ ।

सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीका अनुसार आफ्नो समूहमा रहेको हात्ती मारिएपछि अन्य हात्तीहरू आक्रोशित भएर क्षति पुर्‍याउन थालेको हुनसक्छ । हात्तीबाट जोगिन सर्वसाधारणलाई रातको समयमा सजक र सतर्क रहेर बस्न तथा एक्लै हिँडडुल नगर्न आग्रह गरिएको माझीले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist