काठमाडौं । पिएसजीले फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा पिएसजीले टोउलोउसलाई २-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो । पिएसजीको जितमा ली कांग इन र किलीयन एम्बप्पेले एक एक गोल गरेका थिए ।
फ्रेन्च सुपर कप हरेक बर्ष लिग वानको पछिल्लो विजेता र फ्रेन्च कोपाको विजेता बीच खेल्ने गरिन्छ । पिएसजीले फ्रेन्च सुपर कप योसहित १२औं पटक जितेको छ ।
२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो । टोउलोउसले भने योसहित दोस्रो पटक सुपर कप खेलेको छ र दुवै पटक उपविजेता बनेको छ ।







