इलाम। इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्डकपको आजको खेलमा एनआर टी काठमाडौंले ट्राइबेकरमा बागमति युवा क्लव सर्लाहिलाई चार तीन गोल अन्तरले पराजित गरेको छ । जीत
सँगै एन आरटी टीमले आउदो माघ १० गते ( पर्सी) रेडहर्ष फूटबल क्लव इलाम सँग पहिलो सेमिफाइनल खेलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
मध्यान्तर अगाडि सम्म दुवै टीमको प्रतिष्पर्धा रोचक रह्यो ।निर्धारीत ९० मिनेटको समयमा दुवै टीमको तर्फबाट गोल रहित बराबरी भएको थियो । त्यस पछि थप भएको १५ मीनेट अतिरिक्त समयमा पनि दुवै टीमको तर्फबाट गोल भएन ।त्यस पछि भएको ट्राइबेकरमा नतिजा चार तीन गोल अन्तर भएको हो । आजको खेलको म्यानअफदीम्याच बागमति युवा क्लवका आयुष राना मगरभए । उनले नगद पाँच हजार नगद ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली मंगलबार लुम्बीनी फूटबल क्लव बुटबल र पाँचथर फूटबल क्लव बीच दिउसो दुइ बजेबाट प्रतिष्पर्धा हुने खेल तालिका रहेको छ ।प्रतियोगिता आगामि माघ १३ गतेसम्म संचालन हुने छ ।







