ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बच्चाहरुको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्वपूर्ण हुन्छ : प्रा.डा. न्योपाने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० माघ २० गते, ८:०६ बजे
बच्चाहरुको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्वपूर्ण हुन्छ : प्रा.डा. न्योपाने
45
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा रहेको मोडर्न प्रिपेरोटोरी माध्यमिक विद्यालयमा हजुरबा–हजुरामाका लागि पूर्व प्राथमिक तहका बालबालिकाहरुले आ-आफ्नो प्रस्तुति देखाएका छन् ।

शुक्रवार हजुरबुबा-हजुरआमा विशेष कार्यक्रम ‘ग्रेण्ड प्यारेन्ट्स डे – २०८०’ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना हजुरबा–हजुरामाका अगाडि प्रस्तुति देखाएका हुन् ।

प्राध्यापक डाक्टर टंक न्योउपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यार्थीका हजुरबुबा हजुरआमाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

आफु बालबालिका र जेष्ठ नागरिक केन्द्रित यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको बताउँदै प्राडा न्योउपानेले कार्यक्रम देखेर आफु खुसी भएको बताए । हजुरबुबा-हजुरआमा पुस्ता र नाति-नातिनी पुस्ता बीचको निकटताले बालबालिकामा अत्यन्तै सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने नागरिकको निर्माणको कार्यको प्रारम्भ घरपरिवारबाटै हुने प्रा.डा. न्योपाने बताउँछन् । उनले भने, ‘हजुरबुबा-हजुरआमासंगको सामिप्यता पाएका साना बालबालिकाले मायाप्रेम, आफ्नो पुर्खाको विरासत र संस्कार पाउँछन्  । जसले गर्दा उनिहरुको वृत्तिविकास विकासमा सकारात्मक सहयोग पुग्छ । हजुरबुबाहजुरआमा पुस्ताले दिएका ज्ञानमा उनीहरूको जीवनको इतिहास लुकेको हुन्छ । बच्चाहरुको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्वपूर्ण हुन्छ ।’

बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबाहजुरआमा पुस्ता परिपक्व हुने उनको भनाई छ । उनले भने, ‘जेष्ठ नागरिक पुस्ता बालमनोविज्ञान सहजै बुझ्न सक्छन् । उनीहरूसँग आफ्ना छोराछोरीलाई हुर्काएको अनुभव हुन्छ । त्यही अनुभवका कारण उनीहरूले बालबालिकाको स्याहारसुसार राम्ररी गर्न सक्छन् । त्यसैले जेष्ठ नागरिक पुस्ता र नाति नातिनी पुस्ता बीचको निकटता फलदायी हुन्छ ।’

विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार अन्य समयमा अभिभावक दिवसको समयमा विद्यार्थीका बा–आमा मात्रै आउने भएपनि यो कार्यक्रममा भने जेष्ठ नागरिक हजुरबा–हजुरामाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएको हो ।

‘कुनै समय आजका हजुरबा–हजुरामाले हात समाएर ल्याउनुभएका छोराछोरीहरू आज आफ्ना छोराछोरीको हात समाएर विद्यालय आउनुहुन्छ,’ उनले भने, ‘आज उनै हजुरबा–हजुरामालाई सम्मान समेत गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’

पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले पनि विद्यार्थीहरूबीच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ ।

बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमाबाट नि:स्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछन् । यसले बच्चाको विकासको जग राख्नमा अहम भूमिका खेलेको हुन्छ । उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् र आफ्नो संस्कारसँग पनि परिचित गराउँने बिद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए ।

आफ्ना नाति–नातिनाको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल देखिएका थिए । कार्यक्रममा डायनामिक करियर एजुकेसनकी शैक्षिक परामर्शदाता अन्जु रेग्मीले ससाना बालबालिका र जेष्ठ नागरिक हजुरबुबा हजुरआमालाई केन्द्रित कार्यक्रम इटहरीमा पहिलो पटक देखेको बताइन । साना नानीहरुलाई आफ्ना हजुरबुबा हजुरआमासँग भावनात्मक रुपमा जोड्ने यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक मानोबैज्ञानिक प्रभाव पार्ने उनको भनाई थियो ।

कार्यक्रममा अभिभावकहरु कौशिला चौधरी, शेखर शाही ‘गोठाले’ लगायतले बिद्यालयका शैक्षिक गतिविधिले आफ्ना बालबालिकामा आएको परिवर्तनबारे चर्चा गरेका थिए ।

उनीहरूले जेष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ भन्ने उदेश्यले राखिएको उक्त कार्यक्रम रचनात्मक र सकारात्मक भएको भन्दै खुसी ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा पुर्व प्राथमिक तहका करिव सय बालबालिकाहरुले दर्जन बढि प्रस्तुतिहरुमा सहभागिता जनाएका थिए । कार्यक्रममा उपस्थित हजुरबुबा-हजुरआमा मध्ये उमेरका आधारमा जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist