ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी उपमहानगरको टाइमकार्ड विरुद्ध अदालतको आदेश, सिटी-सफारी चालकलाई राहत

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन ११ गते, २१:३९ बजे
इटहरी उपमहानगरको टाइमकार्ड विरुद्ध अदालतको आदेश, सिटी-सफारी चालकलाई राहत
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा सिटि सफारीलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले लगाएको टाइमकार्डविरुद्ध अदालतले अन्तरिम आदेश दिएको छ । योसँगै सफारी विना अनुमति सञ्चालन हुन पाउने भएका छन् ।

विहीबार उच्च अदालत विराटनगरले सिटी सफारीलाई रोक्ने र अन्य कुनै पनि प्रकारको कर लिने कार्य नगर्न अन्तरिम आदेश दिएसँगै सफारी सञ्चालन पुरानै तरिकाले हुने भएको छ ।

सिटी सफारी चालकको पेसा व्यवसाय तथा रोजगारीमा प्रत्यक्ष असर पुग्ने भन्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । आदेशपछि इटहरी खासगरी सुन्दरहरैचा नगरपालिकाबाट इटहरी प्रवेश गर्ने सफारी चालकहरु खुसी भएका छन् ।

इटहरी उपमहानगरपालिकाले गत पुस २ गते सुन्दरहरैचा नगरपालिकाका सिटी सफारीलाई इटहरी प्रवेशमा टाइम कार्ड लगाएको थियो ।

इटहरीले सुन्दरहरैंचाका सफारीलाई इटहरीमा सञ्चालन निषेध गर्न थालेपछि दुवै पालिकाबिचको सहमतीअनुसार असोज १८ गते देखि टाइम कार्ड लगाइएको थियो । उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिका सहित २४ प्रतिवादी विरुद्ध असोज १८ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सफारी दर्ता हुनुपर्ने, इटहरीवासीले सफारी चलाउन पाउने र बाहिरकाले निश्चित समयको लागि इटहरीमा प्रवेश पाउने र ढिला गरे फाइन तिर्नुपर्ने नियम थियो । राजमार्गमा गुड्ने सवारी साधनलाई कुनै पालिकाले फाइन तिराउने नियम छैन । इटहरीको उक्त कदम गैह्रकानुनी भएको निवेदक पक्षको जिकिर थियो । यस्तै सफारीसँग असुलिएको कर पनि गैह्रकानुनी भएको दावी गरिएको थियो ।

उपमहानगरपालिकाका नगरप्रहरीहरुले लाइसेन्स जाँच गर्दै आएकामा गैह्रकानुनी रुपमा ट्राफिक प्रहरीको काम गरेको भन्दै उपमहानगरपालिकाको आलोचनासमेत भइरहेको अवस्थामा अदालतको यस्तो आदेश आएको हो ।

इटहरी भित्रिने सफारीमा कडाई गरेसँगै त्यसले इटहरीको पसलहरुमा नजिकका गाउँपालिका, नगरपालिकाबाट आउने ग्राहकहरुले गर्ने व्यापार घटेको व्यवशायीको भनाई छ । यो आदेशले स्थानीय व्यवशायीहरुसमेत खुसी भएका छन् ।

इटहरी चोकमा इटहरी वरीपरीबाट व्यवशाय गर्न आएका सफारीहरुले भीड बढाएको र त्यसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको उपमहानगरपालिकाको निष्कर्षपछि बाहिरका सफारी सञ्चालनमा अंकुश लगाइएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist