ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कर्जा लगानी नभएपछि बैंकहरूले ३ प्रतिशत ब्याजमा राखे खर्बौं रकम

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते, १४:३८ बजे
राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै
33
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५३ अर्ब रूपैयाँ राष्ट्र बैंकमा राखेका छन् । यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाहरूले सो रकम राष्ट्र बैंकमा राखेका हुन् ।

फागुन यता बैंकहरूले यसरी चार पटकसम्म रकम राखेका हुन् । स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरूले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन्।

यसरी चार दिनसम्मको लागि रकम राख्न पाइन्छ भने बीचमा झिक्न मिल्दैन। तर भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी पाइन्छ। अन्य अवस्थामा भुक्तानी मिति अगावै बैंकहरूले निक्षेप फिर्ता पाउदैनन्।

यसरी राखिएको रकममध्ये ९६ अर्ब १५ करोड रूपैयाँ राष्ट्र बैंकमै रहेको छ। बैंकहरूले एक पटक राखेको रकम फिर्ता हुने दिनमा मात्रै राष्ट्र बैंकले अर्को पटकको लागि यसरी निक्षेप संकलन गर्ने गरेको छ।

स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सकिनेछ।

त्यस्तै, अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेका, पछिल्लो ३० दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र काउन्टर पार्टीले सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको अवस्थामा मात्रै यस्तो सुविधा अन्तर्गत रकम राख्न पाउँछन्।

ीबहmष् दबलप
बैंकहरूले यसरी बढी भएको रकम नै राष्ट्र बैंकमा राख्न पाएसँगै उनीहरूले एक आपसमा लिने अन्तर बैंक सापटीको ब्याजदर समेत निर्देशित सीमामा आउन थालेको छ। राष्ट्र बैंकले बैंकहरूले एक आपसमा लिने अन्तर बैंक सापटीलाई ब्याजदर कोरिडोरको तल्लो सीमाभन्दा तल जान नदिने नीति लिएको छ।

स्थायी निक्षेप संकलन सुविधा अभ्यासमा आउनु अघिसम्म अन्तर बैंक सापटीको ब्याजदर निकै तलसम्म ओर्लिएको थियो। तर, अहिले ब्याजदर कोरिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधाको ब्याजदर रहने व्यवस्था गरेको छ।

ल्अभिि
राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा उपकरण अभ्यासमा ल्याइरहेकोले पनि अन्तर बैंक ब्याजदर निर्देशित सीमामा कायम रहेको हो।

ब्याजदर कोरिडरले निक्षेपको ब्याजदरलाई निश्चित सीमामा डोर्‍याउँछ। यसले कर्जाको ब्याजदरमा स्थिरता कायम राख्न सघाउँछ।

बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको हो। बैंकहरूको कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा लगानी बढ्न सकेको छैन।

राष्ट्र बैंकको तथ्यांक अनुसार पुस १६ गतेदेखि फागुन ९ गतेसम्म कर्जा ६४ अर्ब रूपैयाँले वृद्धि भएको छ।

पुस १६ गते ५० खर्ब २४ अर्ब रूपैयाँ कर्जा रहेकोमा फागुन ९ मा ५० खर्ब ८८ अर्ब रूपैयाँ पुगेको हो। हाल बैंकहरूमा ६१ खर्ब ६२ अर्ब रूपैयाँ निक्षेप छ।

फागुनमा बैंकहरूको औसत आधार दर ९।६६ प्रतिशतबाट घटेर ९।४१ प्रतिशतमा सीमित भएको छ। यससँगै कर्जाको ब्याजदर समेत घटिरहेको छ।

बैंकहरूले आधारदरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। पछिल्लो समय अधिकांश बैंकहरूले यस्तो प्रिमियम दर समेत घटाइरहेका छन्।

केही महिना अघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेकोमा हाल यो अधिकतम ५ प्रतिशत छ। धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम ३ प्रतिशत छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist