ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मधेस विखण्डन साेचविरुद्ध ‘एक’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १५ गते, ९:१९ बजे
मधेस विखण्डन साेचविरुद्ध ‘एक’
21
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । उनी  ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सीमामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।

देशको सीमाना मिचियो भनेर सधैँ चिन्तामा रहने यी पात्रले चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट बिखण्डन गर्ने साेचविरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा बुनेका छन्।  डिजिटल प्लेटफर्ममा आगामी असोज २१ गते (घटस्थापना) का दिन प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

चलचित्र ‘एक’का लेखक तथा निर्देशक पण्डित भन्छन्, ‘यो सम्भावित खतराप्रति देशका जिम्मेवार निकाय गम्भीर हुनुपर्छ भनेर यो फिल्मको परिकल्पना गरिएको हो।’

‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सिएआई) को परिकल्पना पनि यो फिल्ममा गरेका छन्। फिल्लमा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्तालाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्।

‘राष्ट्रविरूद्ध हुने यस्ता बाह्य चलखेललाई असफल बनाउन फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा बनाउन ढिला भइसकेको छ’ उनी भन्छन् ‘यो तथ्यलाई सम्बोधन गर्न भए पनि यो फिल्मले मद्दत गर्नेछ।’

खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ। कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्।

यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।

प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।

डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।

यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist