ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

केपी ओलीको प्रश्न – ‘समितिले दोषी भनिसकेका मन्त्रीले अझै झण्डा हल्लाएर हिँड्न मिल्छ ?’

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते, १३:५६ बजे
केपी ओलीको प्रश्न – ‘समितिले दोषी भनिसकेका मन्त्रीले अझै झण्डा हल्लाएर हिँड्न मिल्छ ?’
25
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मान्छे मरेको घटनामा क्याबिनेटले बनाएको समितिले दोषी भनिसकेका मन्त्रीले अझै झण्डा हल्लाएर हिँड्न मिल्छ भनेर प्रश्न गरेका छन् ।

त्यस्ता मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ । विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले मन्त्रीका कारण जनताको मृत्यु भएको भनेर समितिले भनिसकेको अवस्थामा पनि मन्त्रीले राजीनामा नदिनु आश्चर्यको विषय भएको टिप्पणी गरे ।

‘हिजोका दिनमा एमालेका मन्त्रीहरुले सामान्य कुरा गर्दा समेत राजीनामा दिनु परेको थियो,’ उनले भने, ‘शेरबहादुर तामाङ, गोकुल बास्कोटा, हरिप्रसाद पराजुली लगायतले सामान्य विवादमा पर्नेवित्तिकै राजीनामा दिएको हैन रु’ तर, अहिले घटनामा मुछिएपछि पनि राजीनामा नआउनु आश्चर्य भएको उनको टिप्पणी छ ।

मन्त्रीको राजीनामा एमालेको ‘बटमलाइन’ नभएको प्रस्टाउँदै उनले भने, ‘क्याबिनेट मन्त्रीका कारण घटना भएको छ । क्याबिनेट मन्त्रीको दोष हो । उहाँका कारण यत्रो मान्छे मर्ने घटना भयो । फेरिपनि उहाँ निर्लज्ज भएर झण्डा हल्लाएर हिँड्न मिल्छ रु उहाँले राजीनामा गर्नु पर्दैन ?’

उनले भ्रष्टाचारको मुद्दा लागेपछि मन्त्रीहरु झण्डा हल्लाएर अदालत र अख्तियारमा बयान दिन जाने, अनि फर्किएर आएर सुशासनका कुरा गर्ने गरेको आरोप पनि लगाए । एमालेले थिति र विधि अनुसार जानुपर्छ भन्ने मान्यता राख्ने ओलीको जिकिर छ ।

ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ कांग्रेसको सोच र चिन्तन नै नरहेको आरोप पनि लगाए । ‘सत्तामा पुग्ने र त्यसलाई कसरी टिकाउने भन्नेबाहेक कांग्रेससँग कुनै सोच छैन ।

कांग्रेस अब पहिलेको कांग्रेस छैन । सोचेजस्तो र खोजेजस्तो कांग्रेस छैन । कांग्रेस थोत्रो भयो,’ उनले भने, ‘कांग्रेस अग्रगामी सोचमा अघि बढेको छैन । अगाडि बढ्नुपर्नेमा पछाडि फर्किन खोजिरहेको छ । कांग्रेसले गर्न खोजेको प्रतिगमनमा एमालेले साथ दिनु पर्ने हो रु ’

कांग्रेसले संविधान संशोधनको ‘ब्ल्याङ फायर’ गरेको पनि ओलीको आरोप छ । ‘कुन–कुन विषयमा र केका लागि संविधान संशोधन भन्ने कुरा चाहिन्छ । कांग्रेसको ८७ सिटले संविधान संशोधन हुँदैन,’ उनले भने, ‘आफ्नो हैसियत बिर्सिएर कुरा गर्छ कांग्रेस । कांग्रेस किन उत्ताउलिएको हो थाहा छैन ।’

तर, संविधान संशोधन आवश्यक हुनसक्ने देखिए पनि त्यसका लागि ‘स्ट्रेन्थ’ नपुग्ने भएकालेले एमालेले संविधान संशोधनको चर्चा नगर्ने ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले गठबन्धन बदल्ने र सरकार फेर्ने खेलमा एमाले नरहेको उल्लेख गरे । ‘हामी मिसन ८४ मा केन्द्रित छौं । मिसन ८४ मार्फत राष्ट्रिय शक्तिलाई निर्णयक तहमा विकास गर्नु छ ,’ उनले भने, ‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो । अब राम्रो काम गरेर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनु छ ।’

जनतामा निराशा पलाएकाले अब काम राम्रो गरेर निराशालाई हटाउनतर्फ एमाले केन्द्रित हुने उनले बताए । प्रतिपक्षमा रहेको अवस्थामा एमालेले गठबन्धन सरकारलाई सुझाव दिँदै आएपनि त्यसलाई सरकारले नसुनेको ओलीको भनाइ छ ।

‘गठबन्धन खरानीको डल्लो हो । सुकायो भने फुट्छ । भिजायो भने पनि फुट्छ,’ उनले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist