ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी उपमहानगरको ‘एक्सन’पछि काममा फर्किए ठेकेदार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, ६:४७ बजे
नयाँ आर्थिक वर्षमा इटहरीको बजेट २ अर्ब १७ करोड ४५ लाख (पूर्णपाठ सहित)
40
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा लामो समयदेखि सम्पर्कविहीन बनेका ठेकेदार कम्पनीहरू पुनः काममा फर्किएका छन् ।

सडक तथा पूर्वाधार निर्माणका योजनाहरू अलपत्र पारेर गायब बनेका ठेकेदार कम्पनीले पछिल्लो समय धमाधम काम थालेका हुन् ।

विकास निर्माणलाई अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन बनेपछि इटहरी उपमहानगरपालिका ‘एक्सन’मा उत्रिएको थियो । उपमहानगरको चेतावनीपछि कारबाहीमा पर्ने डरले ठेकेदार कम्पनी पुनः काममा फर्किएका हुन् ।

इटहरीका १४ वटा आयोजनाको काम रोकेर सम्पर्कविहीन बनेका ठेकेदार कम्पनीलाई उपमहानगरले स्पष्टीकरण सोधेको थियो ।

योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उपमहानगरले ‘किन कालो सूचीमा नराख्ने ? ’ भन्दै १५ दिने स्पष्टीकरण सोधेको थियो । त्यसपछि ठेकेदार कम्पनीले पुराना योजनाको काम धमाधम सुरु गरेका छन् ।

उपमहानगरले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्रमा स्पष्टीकरण पेस गर्न भनेको थियो ।

ठेकेदार कम्पनीले आर्थिक मन्दीलगायतका कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको भनेर स्पष्टीकरण पेस गरेको उपमहानगरका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।

‘पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्कमा नआएका ठेकेदार कम्पनीहरूलाई हामीले १५ दिने स्पष्टीकरण सोधेका थियौँ,’ घिमिरे भन्छन्, ‘स्पष्टीकरण पेस गरेपछि सम्झौता अवधि थप गरेका थियौँ ।’

ठेकेदार कम्पनीलाई एक पटक मौका दिँदै सम्झौता अवधि गरिएको उनको भनाइ छ ।

घिमिरेका अनुसार सम्झौता अवधि थप गरेपछि ठेकेदार कम्पनीले काम सुरु गरिसकेका छन् । अलपत्र परेका योजनाहरू सम्पन्न गर्न असार मसान्तसम्मलाई समयावधि थप गरिएको उनले बताए ।

खनारको प्रहरी चौकी, इटहरी उपमहानगर–१२, १३ र १४ को भानु मार्ग–भारवी सडक कालोपत्रे, इटहरी–६ को सार्वजनिक स्मार्ट शौचालय, इटहरी–१६ स्थित बक्राह खोलाको बक्स पुल, इटहरी–१५ को भोटिया खोला पुल, इटहरी–१० को संग्राहालय भवन, इटहरी–९ मा १५ शैयाको अस्पताल भवन र इटहरी–६ को ट्यांग्रा करिडोर रिटेनिङ वाल निर्माणसहित योजनाका कामहरुको निर्माण कार्य रोकिएको थियो ।

यसका अतिरिक्त विभिन्न  वडामा रहेका  सडक योजनाहरुको काम पनि अलपत्र  छाडेर  ठेकेदार सम्पर्कविहीन भएपछि इटहरी उपमहानगरपालिकाले स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएपछि  ठेकेदार कम्पनीले काम सुरु गरेका हुन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist