ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

घट्दो ब्याजदरले चिन्तित हुनुहुन्छ ? यस्तो हुनसक्छ विकल्प हुनसक्छ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, ७:१५ बजे
प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्र स्वीकृत
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । वाणिज्य बैंकहरूले फागुनमा अधिकतम ब्याजदर ८.५ प्रतिशत तोकेका छन्।

घट्दो ब्याजदरले चिन्तित हुनुहुन्छ भने यसको विकल्प हुनसक्छ बैंकहरूले नै जारी गरेको ऋणपत्र।

अहिले बैंकहरूले जारी गरेका ७५ वटा ऋणपत्र सेयर बजारमा सूचीकृत छन्। यी ऋणपत्रमा ८ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ।

त्यसैले अहिले निक्षेप जस्तै सुरक्षित तर तुलनात्मक रूपमा बढी ब्याज पाइने ऋणपत्र लगानीको विकल्प हुनसक्छ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणबाट ऋण उठाउन ऋणपत्र जारी गरेका हुन्छन्। यसमा बैंकहरूले सर्वसाधारणलाई निश्चित प्रतिशत ब्याजदर दिन्छन्। यस्तो ब्याज भुक्तानी त्रैमासिक ९तीनरतीन महिना० देखि वार्षिक रूपमा हुन्छ।

सामान्यतया निक्षेपहरूको अवधि ऋणपत्रको भन्दा कम हुने गर्छ। त्यसबाहेक निक्षेप जस्तो ऋणपत्रमा गरिएको लगानी अवधि नसकि बैंकले फिर्ता दिनुपर्ने हुँदैन। त्यसैले बैंकहरूले लामो अवधिको पुँजी स्रोत जुटाउन लामो अवधिका यस्ता ऋणपत्र जारी गरेका हुन्छन्।

निक्षेप जसरी एकपटक खरिद गरेको ऋणपत्र अवधि नसकिदासम्म तोड्न नमिल्ने भए पनि यस्ता ऋणपत्र सेयर बजारमा समेत कारोबारमा आउँछन्। त्यसैले, यस्तोमा लगानी गरेकाले आफूले चाहेको समयमा यस्तो ऋणपत्र बिक्री गर्न समेत पाउछन्।

यस्तो ऋणपत्रको प्रति इकाइको मूल्य एक हजार रूपैयाँ तोकिएको हुन्छ। निक्षेपमा जस्तै परिपक्व अवधिपछि बैंकले लगानीकर्तालाई यही मूल्य अनुसार रकम फिर्ता गर्छ।

तर, बजारमा यस्ता ऋणपत्रको मूल्य एक हजार रूपैयाँभन्दा कम पनि हुन्छ। यस्तो ऋणपत्र किन्दा वार्षिक ब्याजदरमा थप आम्दानी हुने अवस्था बन्छ।

उदाहरणको लागि हेरौं, प्रभु बैंकले २०८६ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। यो ऋणपत्रमा वार्षिक ब्याजदर १०.२५ प्रतिशत तोकिएको छ। हाल यो ऋणपत्र बजारमा ९ सय ३३ रूपैयाँमा किनबेच भइरहेको छ।

अहिले एक लाख इकाइ यो ऋणपत्र खरिद गर्नेले वार्षिक आधारमा ११।३६ प्रतिशत लाभांश प्राप्त गर्छ।

अहिले यो ऋणपत्रको एक सय इकाइ किन्न लगानीकर्ताले ९३ हजार ३ सय लगानी गर्नुपर्छ। यसको वास्तविक मूल्य एक लाख भए पनि बजारमा मूल्य घटेको कारण सस्तोमा यो ऋणपत्र पाएको हो।

तर, बैंकले परिपक्व अवधिसम्म राख्दा प्रति इकाइ एक हजार रूपैयाँको आधारमा एक सय इकाइ हुनेलाई एक लाख रूपैयाँ नै फिर्ता दिन्छ। यो फाइदा भएको रकमलाई बाँकी ६ वर्षमा भाग लगाउने हो भने वर्षको एक हजार एक सय १६ रूपैयाँ पर्न आउँछ।

लगानीकर्ताले वार्षिक ब्याजदर पनि प्रति इकाइ एक हजार रूपैयाँको आधारमा नै पाउँछ। अर्थात् एक सय कित्ता किन्नेले वार्षिक १० हजार दुई सय ५० रूपैयाँ ब्याज आम्दानी गर्छ। परिपक्व अवधिसम्म राख्नले अहिले यो ऋणपत्र खरिद गर्दा वार्षिक लगभग ११।३६ प्रतिशतसम्म फाइदा पाउन सक्छ।

तर, परिपक्व अवधिसम्म यो ऋणपत्र राखेन र किनेको भन्दा मूल्य घटेर बिक्री गर्दा भने धेरै नाफा नहुन सक्छ।

त्यसैले सेयर बजारबाट यी ऋणपत्र किन्दा यो पक्षलाई ध्यान दिनुपर्छ। त्यस्तै, यस्तो ऋणपत्रको बाँकी अवधि कति छरु कहिले–कहिले ब्याज भुक्तानी भइरहेको छ भन्ने बुझेर लगानी गर्नु सही हुन्छ। (सेतोपाटीबाट साभार) 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist