ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

टुट्यो गठबन्धन – बालुवाटारमा दाहाल, ओली र लामिछानेबीच छलफल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते, १०:५४ बजे
टुट्यो गठबन्धन  – बालुवाटारमा दाहाल, ओली र लामिछानेबीच छलफल
25
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा तीन दलको बैठक बसेको छ ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको हो ।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

माओवादीको पदाधिकारी बैठक सकिएलगत्तै नयाँ गठबन्धनका तीन दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीले आजै नयाँ गठबन्धन दलबाट सानो आकारमा मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

टुट्यो गठबन्धन 

सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आजै सानो आकारको मन्त्रिपरिषद बन्ने जानकारी गराएका हुन् ।गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो ।

बिहान सबै दलले आ-आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए ।

‘गएराति अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो,’ माओवादीका एक नेताले भने, ‘त्यसले आजै मुर्त रूप लिँदैछ ।’

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

गएराति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो । ‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ ।’

जनता समाजवादी पार्टीभने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist