ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी, उत्कृष्ट नेतृत्त्वकर्ता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र ३ गते, ८:१० बजे
मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी, उत्कृष्ट नेतृत्त्वकर्ता
63
SHARES
Share on FacebookShare on Twitter

इटहरी । इटहरी-६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले चारवटा फरक विधाहरुमा वर्षभरी निरन्तर उत्कृष्ट काम गर्ने विधार्थीहरुलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरुलाई सम्मान गरेको हो ।

शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेन रहिसकेकी छन् ।

त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट बिद्यार्थी नेत्रित्व सम्मान २०८०’ प्राप्त गरेका छन् । बिद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वाचित भाइस क्याप्टेन समेत रहिसकेका छन् ।

उक्त सम्मानका लागि बिद्यालयले बिद्यार्थीहरुमा अनुशासन, शैक्षिक तथा भाषागत उत्कृष्टता, नेतृत्त्व क्षमता, सामुहिक सहाकार्य र अतिरिक्त क्रियाकलापमा सहभागिताका आधार तयार पारेको थियो ।

त्यसैगरी, वर्षभरी नै हरेक गतिविधि बिद्यालयमा भएका गतिविधिहरुमा सक्रिय सहभागी भएर उत्कृष्ट हुनेमा प्रिन्सा घिमिरे क्याप्टेन रहेको ‘ब्लु हाउस’ले उत्कृष्ट हाउसको सम्मान पाउन सफल भएको हो । विद्यालयमा रहेका ६ वटा हाउसहरु मध्ये ‘ब्लु हाउस’ उत्कृष्ट भएको बिद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।

पौडेलले भने, “विद्यालयले, पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाईका उद्देश्यहरू पूरा गर्न विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि बिद्यालयले निर्दिष्ट गरेका मानकहरुमा उत्कृष्ट भएका विद्यार्थी र हाउसहरु सम्मानित भएका छन् ।”

यस्ता क्रियाकलापहरुले विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूलाई सहज बनाउन मद्दत पुगिरहेको पौडेलको जिकिर छ । उनले विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि मिहिन ढंगले काम गर्दै आएको बताए ।

जीवनमा सफलताको लागि कडा मेहनतको विकल्प नभएको बताउँदै पौडेलले विद्यालय तहमा गरिने यस किसिमको कार्यक्रमहरुले विधार्थीको चौतर्फी विकासमा निकै महत्वपूर्ण योगदान पुग्ने बताए ।

विद्यालयका चारसय भन्दा बढि विद्यार्थीहरुले प्रतिष्पर्धामा सहभागीता जनाएका थिए । विद्यालयले नियमित रूपमा विद्यार्थीहरूलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतीहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरू समेत सञ्चालान गर्दै आएको छ ।

विगत सय हप्ता अघिदेखी प्रत्तेक शुक्रबार स्वैच्छिक रुपमा आ-आफ्ना सांस्कृतिक पोसाक लगाउन उत्प्रेरित गरिरहेको विद्यालयले विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सामाजिक अन्तरघुलन र सामाजिक दायित्व निर्वाहका लागि रेडक्रस, स्काउटका क्रियाकलापसँगै बाल क्लब मार्फत विद्यालयले सामाजिक क्रियाकलाप र क्षमता अभिवृद्धिका लागि समेत कार्यक्रमहरु गर्दै आएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist