ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र १९ गते, २०:५८ बजे
इजरायलमा सरकार विरोधी प्रदर्शन, हजारौं सडकमा
23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो ।

तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।

जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले आइतवार राति शहरको सबैभन्दा ठूलो उत्तर-दक्षिण राजमार्ग अवरुद्ध गरे । यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो ।

प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन् । साथै, धेरैले गाजामा बन्धक बनाएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग गरेका छन् ।

उनीहरुले युद्ध सम्झौता बिना नै लम्बियो भने भने बन्धकहरू मारिनेछन् भन्दै चिन्ता प्रकट गरेका छन् ।

सन् २०२३ मा इजरायलमा प्रदर्शनहरू भएका थिए जसले सरकारलाई हल्लाएको थियो । यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर भेला हुन जनतालाई अपिल गरेका छन् ।

गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ । गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिएका छन् ।अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणमा १२०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाएका थिए ।

त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist