काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सरकारले प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरिएको मन्त्री शर्माले बताइन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाडजोर्नीका वरिष्ठ सर्जनका रुपमा कार्यरत डा. चौधरी प्रतिष्ठानका पुर्व सह अस्पताल निर्देशक रहिसकेका छन् ।
डा. चौधरी नेपाल सरकारले प्रदान गर्ने ‘सुप्रबल जनसेवा श्री’ बाट पुरष्कृत भईसकेका उनले वीपी प्रतिष्ठानमा लामो समय हाडजोर्नी विभागको प्रमुखको रुपमा काम गरेका छन् ।








