ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाम–२ को उपनिर्वाचन – २० जनाले गरे उमेद्धारी दर्ता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० चैत्र २४ गते, २२:५० बजे
इलाम–२ को उपनिर्वाचन – २० जनाले गरे उमेद्धारी दर्ता
27
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर दुईमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिवार विभिन्न राजनैतिक दल र स्वतन्त्र उमेद्धारहरुले मनोनयन पत्र दर्ता गरेका छन् ।

विभिन्न १२ वटा राजनैतिक दलका उम्मेदवार र स्वतन्त्र आठ जनाले गरी जम्मा २० जनाले उमेद्धारी दर्ता गराएका हुन् ।
नेकपा एमालेका सुहाङ नेम्बाङ्ग, नेपाली काँग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मिलन कुमार योङ्गहाङ्ग लिम्बु, नेकपा एकीकृत समाजवादीका जीत बहादुर राईले आ आफ्नो मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेम कुमार थाम्सुहाङ्ग, नेपाल मजदुर किसान पार्टीका श्याम नेपाली मङ्गोल नेशनल अर्गनाइजेसनका मणि कुमार लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेश बहादुर चौहानले उमेद्धारी दर्ता गराएका छन् ।
राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, नेपाली जनता दलका रेसम

बहादुर सुनारले पनि आ आफ्नो उमेद्धारी दर्ता गराएका छन् । पहिचान पक्षधरका तर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उमेद्धारी दर्ता गरेका छन् ।

उनलाई राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।

उपनिर्वाचनमा एमालेका उमेद्धार सुहाङ नेम्बाङ्गलाई नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ ।
डाक प्रसाद गौतम, मनोज निरौला (प्रदीप) अर्जुन बहादुर शाही, केशव कुमार चापागाईँ, दिनेश बोहोरा, योगेन्द्र गुरुङ, राज बस्यालले स्वतन्त्र उमेद्धारको रूपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
मनोनयन पत्र दर्ता गर्न विभिन्न राजनैतिक पार्टीका शीर्ष नेताहरू समेत र्‍यालीमा सहभागी भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका थिए ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल, श्रम तथा रोजगार मन्त्री डी पी अर्याल, नेपाली काँग्रेसका सहमहामंत्रीद्धय भीष्मराज आङदेम्बे, बद्री पाण्डे, कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, पूर्व मुख्यमन्त्री हिकमत कार्की लगायतका नेताहरूको आ आफ्नो दलको उमेद्धार मनोनयन पत्र दर्ता क्रममा सहभागिता रहेको थियो ।

विभिन्न दलले पन्चे बाजागाजा सहित च्याब्रुङ बजाएर नाचगान गर्दै मनोनयन गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist