इलाम । नेपाली काँग्रेसका महामंत्री गगन कुमार थापाले निर्वाचन अगाडि मतदाता साट्नेगरी गरिने गठबन्धनमा मतदाता निरिह बन्नुपर्ने र एउटा पार्टिकाले अर्को पार्टिलाई मत हाल्नुपर्ने परिपाटी गलत रहेको बताउनुभएको छ । नेपाली काँग्रेस द्धारा विहिबार इलामको फाकफोकथुम स्थित एकातप्पा शिकारी भञ्ज्याड. र आमचोकको छुट्टाटुट्टै चुनावी सभालाई सम्बोधन गर्दै महामंत्री थापाले देशमा देखिएका ठूल ठुला काण्डमा मुछिएका सवै पार्टिका नेतालाई कानुनी दायरामा ल्याउन प्रयाश गरीरहेको बताउनुभयो ।
यहि क्रममा संसदमा अगाडि बढेको विषय कुनै आग्रह पुर्वाग्रह बेगरको विषय आफूहरुले उठाएको दावि गर्नुभयो । नेपालका ठुला ठुला काण्डमा मुछिएका जो सुकै पनि जुन सुकै दलका भएपनि पहिला सजाय पाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय स्तरमा भिजेको र परिस्थिति सम्हाल्न सक्ने युवा नेता डम्बर खड्कालाई आफ्नो दलले उपनिर्वाचनमा उमेद्धार बनाएकाले कार्यकर्ताले अहोरात्र खटेर जिताउनुपर्ने निर्देशन दिनुभयो ।
सभामा नेपाली काँग्रेसका सहमहामंत्री भिष्मराज आड.्देम्बे, इलाम क्षेत्र नम्बर दुइको उपनिर्वाचनमा नेपाली काँग्रेसका उमेद्धार डम्बर खड्का, महासमिति सदस्य भेषराज आचार्यले नेपाली काँग्रेस नै पहिचान बुझेको र भुगोलका मुद्धा अगाडि बढाउने पार्टि भएकाले रुख चिन्हमा मतदान गरी परिवर्तनमा साथ दिन आग्रह गर्नुभयो । काँग्रेसले केहिदिन यता आगामी बैशाख १५ गतेको उपनिर्वाचनको प्रचारलाई तीव्रता दिएको छ ।







