इलाम । विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराईज बैंक लि. ईलाम शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ईलाम नगरपालिका वडा नं ०१,साखेजुङ, मा रहेको नेपालटार माध्यमिकयमाबिद्यालयमा विभिन्न प्रजातिका १०० वटा बोटविरूवा तथा फुलहरूका बिरुवा रोपण तथा अन्य विभिन्न किसिमका फुलहरू रोपण गरेर , विश्व वातावरण दिवस मनाएको हो । त्यस अवसरमा , सम्पूर्ण शिक्षक, बिद्यार्थी , बजार व्यवस्थापन समिति ,बिद्यालय व्यवस्थापन समिति , अविभावक , तथा अन्य समाजसेवीको साथमा सम्पन्न गरेको हो । यो संगैलक्ष्मी सनराईज बैंकले बिगत देखि नै बिभिन्न सामाजिक कार्यहरुमा काम गर्दे आएको बैंकका कर्मचारी अनन्त नेपालले बताएका छन ।