ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

६० किलो सुन तस्करी प्रकरण: अनुसन्धानमा सीआईबी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८१ असार १८ गते, ७:३८ बजे
काठमाण्डौंको सिनामंगलबाट ११ जना अफगान नागरीक नियन्त्रणमा
29
SHARES
Share on FacebookShare on Twitter
  • रोशन श्रेष्ठ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा लुकाएर ३२ क्लिन्टल सुन तस्करी भएको निष्कर्षसहितको ५६२ पृष्ठ लामो प्रतिवेदन आइतबार बेलुका अबेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

यसअघि ३१ असोज २०८० मा ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा एउटा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सीआईबीले बुझाएको पछिल्लो प्रतिवेदनमा थप अध्ययन गरी मंगलबार पूरक अभियोगपत्र पेस गरिनेछ ।

२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थल नजिकैबाट बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखालगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

सीआईबीले लामो अनुसन्धानपछि विभिन्न आठ अभियोगमा ४६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी), हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज ९नागरिकता० किर्तेसमेत आकर्षित हुने भएकाले सो अभियोग दाबी गरेर मुद्दा चलाउनुपर्ने राय सीआईबीको प्रतिवेदनले दिएको छ । यद्यपि, सीआईबीको प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले कति अभियोग दाबी गर्ने भन्नेमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय निष्कर्षमा पुगिसकेको छैन ।

सीआईबीले प्रतिवेदनमा अभियोगपत्रसँगै २० जना पेस गरिने र थप २६ जना फरार अभियुक्तका रूपमा देखाउने जनाएको छ । हाल पक्राउ पर्नेमा १४ जना नेपाली नागरिक, चार जना भारतीय र दुई जना चिनियाँ नागरिक छन् ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेमा सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, नेपाली नागरिकतामा सोनाम गुरुङ भएका चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् ।

यस्तै, तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्न रहेको भन्दै पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरज शमशेर जबरालाई सीआईबीले पक्राउ गरेको छ ।

त्यस्तै, अवैध भुक्तानीमा संलग्न रहेको भन्दै पेमेन्ट गेटवे सजिलो पेका प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा र सुशीला जाकिबन्जालाई पनि सीआईबीले पक्राउ गरेको छ । यस्तै, एजेन्टहरू लालबहादुर कुँवर र अरूणकुमार यादव पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ७६ करोड बिगो दाबी गरिनुपर्ने राय सीआईबीको छ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्य फेला परेको सीआईबीले जनाएको छ । सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी यस प्रकरणमा थप २० जना पक्राउ परेकामा दुई जना चिनियाँ नागरिक रहेको जानकारी दिएको छ ।

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् ।

सीआईबीले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १ सय ९४ दशमलव ६६८ किलो सुन तस्करी भएको पाइएको छ । सीआईबीले ३ सय ६२ दशमलव ७७८ किलो ब्रेक सुमा लुकाएर र बाँकी अरू २ हजार ८ सय ३१ दशमलव ८९ किलो सुन पानी तान्ने मोटरलगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको जनाएको छ ।

यस समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँबराबर भएको सीआईबीले जनाएको छ । दोस्रो चरणको अनुसन्धानका क्रममा लाजिम्पाटमा साम भन्ने झोङ जिङचुआन लगायतको समूह पक्राउ परेको हो ।

६० किलो सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान गर्दा सीआईबीले चिनियाँ नागरिक दाओजिन वाङ नै मुख्य व्यक्ति रहेको बताएको थियो । वाङले विभिन्न डमी कम्पनी बनाएर त्यसमार्फत ब्रेक सु, पानी तान्ने पम्पलगायतमा सुन राखेर नेपाल भिœयाउने गरेको खुलेको थियो । दोस्रो चरणको अनुसन्धानमा पनि वाङकै लगानीमा विभिन्न कम्पनी खोलेर ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको सीआईबीले फेला पारेको छ । वाङ अहिले फरार छन् ।

पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेका थिए । तीमध्ये अदालतको आदेशबाट २४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी
यस्तै, भुक्तानी साधन पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ अर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले लामो समय लगाएर दुई भुक्तानी साधन ‘वालेट’ माथि गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र ९लाइसेन्स० प्राप्त पेवेल नेपाल प्रालि र सजिलो–पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटकपटक गरी कुल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरेको भेटिएको सीआईबीले जनाएको छ ।

अनामनगरमा केन्द्रीय कार्यालय रहेको पेवेल नेपालले स्थापना कालदेखि हालसम्म पटकपटक गरी कुल १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकामा भौचर डिपोजिटका आधारमा ९६ अर्ब रुपैयाँबराबरको कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ । जसका आधारमा अनुसन्धान गर्दा कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले आठ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।

सीआईबीले प्रतिवादी राजु खत्री, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सिद्धार्थ अशोक गाएकवाडलगायतलाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ ।

यसैगरी, बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो–पे पेमेन्टले पनि पटकपटक गरी अर्ब रुपैयाँ सुन तस्करीको भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको सीआईबीले जनाएको छ । दुई नम्बरी कारोबारमा संलग्न देखिएपछि अनुसन्धान थालेको सीआईबीले यी दुई कम्पनीको बैंक खाता रोक्का गर्न नियामक केन्द्रीय बैंक ‘नेपाल राष्ट्र बैंक’लाई पत्राचार गरेको थियो ।

२ जेठ २०८० मा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो–पे पमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिएको जानकारी दिएको थियो । यी दुई भुक्तानीका साधनमार्फत भइरहेको भुक्तानी कारोबारहरू नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेकाले उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमा विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको अवैध सुन चोरी पैठारी भएको जनाएको छ । ती डमी कम्पनी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेको प्रहरीले जनाएको छ ।

नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशाख केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौंसमेतका प्रतिनिधि रहेको विज्ञ टोलीको प्रतिवेदनअनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका सातवटा विभिन्न डमी कम्पनीमध्ये पाँचवटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु तथा ब्रेक सुमा गरी ३ हजार १ सय ९४ दशमलव ६६८ किलो अवैध सुन चोरी पैठारी गरेको देखिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार, यसको मूल्य अहिलेको अवस्थामा करिब ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ हुन आउँछ ।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालिमार्फत १ हजार ३ सय ३ दशमलव ९६५ किलो, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६ सय ३२ दशमलव ७१५ किलो, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७ सय १६ दशमलव ८३ किलो, दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १ सय ७२ दशमलव ८ किलो र रेडी ट्रेड प्रालिमार्फत ७ दशमलव ५ किलो सुन तस्करी भएको पाइएको छ । ब्रेक सुमार्फत यसअघि ३ हजार ६२ दशमलव ७७८ किलो सुन तस्करी भएको दाबी गरिएको थियो ।

सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामानभित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

भेटिएन ‘हाई प्रोफाइल’को संलग्नता
६० किलो सुन तस्करी प्रकरणपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानबाट हाई प्रोफाइल व्यक्तिको संलग्नता नभेटिएको पाइएको छ ।

सीआईबी प्रमुख एआईजी ज्ञवालीले अध्ययन–अनुसन्धानका क्रममा क्रममा हाई प्रोफाइल व्यक्तिको ‘कनेक्सन’ नभेटिएको बताए । यसअघि पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतका हाई प्रोफाइल व्यक्तिका नाम सुन तस्करी प्रकरणमा जोडिएको थियो । तर, यही प्रकरणमा उनीहरूको नाम नजोडिएको र अर्को भेपमार्फत भएको सुन प्रकरणमा उनीहरूको नाम जोडिएको सीआईबीले बताएको छ ।

‘भेपमार्फत भएको तस्करी प्रकरण फरक हो,’ ज्ञवालीले भने, ‘यो ६० किलो सुन प्रकरणमा उनीहरूको कनेक्सन अहिलेसम्म भेटिएको छैन, भेपको अनुसन्धानको पाटो अर्कै छ, दीपेश पुन र कृष्णबहादुर महराको नाम भेपमार्फत जोडिएको हो ।’

सीआईबीका अनुसार ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकिइसकेको छैन । थप अनुसन्धानका क्रममा हाई प्रोफाइलको नाम जोडिएमा सीआईबीले थप कार्य अघि बढाउने ज्ञवालीले बताए ।

आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist