काठमाडौं । सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस समेत प्रहार गरेको थियो झडप अहिले केही मत्थर भएको प्रहरीले जानकारी दिएको छ ।







