काठमाडौँ । नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।
सुनकोशी नदीमा हाम फालेर तेमाल गाउँपालिका–३ सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बेपत्ता माझीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।







