काठमाडौँ । कसैले आफ्नो राजीनामा माग्दैमा आफू खुरुक्क राजीनामा दिएर नहिँड्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् ।
शनिबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै ‘विद्रोह गरेर बनाएको पार्टीलाई वैचारिक र सैद्धान्तिक रूपले सुदृढ गर्नुपर्नेछ । यसलाई त रूपान्तरित गर्नु पर्ने छ । यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिन’, खनालले भने, ‘मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’
पत्रकार भेटघाटमा नेता खनालले यदि आफूले बोलेका वा लेखेका कुरामा समस्या छ भने पार्टी बैठक बोलाएर बहस छलफल गर्न सकिने समेत बताएका छन् ।







