काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसि रहेको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् । त्यस अघि बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।







