काठमाडौ । लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतका पाँच न्यायाधीश सम्मिलित इजलासको बहुमतले उनलाई कूको षड्यन्त्र रचेको आरोपमा २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको हो । बोल्सोनारो देशको इतिहासमा लोकतन्त्रमाथि आक्रमण गरेको आरोपमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति बनेका छन् ।
२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ ।






